४५ ओभरको खेल सकिदा नेपालले ६ विकेटकाे क्षतिमा १८१ रन बनायो

काठमाडौं, मंसिर २० । विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत सातौं चरणको पहिलो खेलमा नेपालले ४५ ओभरको खेल सकिदाँ छ विकेटको क्षतिमा १८१ रन बनाएको छ ।

५७ रन बनाउर्दै शरद भेषावाकर क्रिजमा छन भने बसन्त रेग्मी भर्खरै क्रिजमा प्रवशे गरेका छन् । आबुधावीको शेख जायेद रंगशालामा युएईले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको छ।

नेपाली टिममा ज्ञानेन्द्र मल्ल, दिलीप नाथ, शरद भेषावकर, पारस खड्का, आरिफ शेख, विनोद भन्डारी, सोमपाल कामी, बसन्त रेग्मी, शक्ति गौचन, सन्दीप लामिछाने र ललितसिंह भन्डारी । डब्लुसिएलको अन्तिम चरणअघि शीर्ष ४ मा पर्न सम्भव नभएपछि नेपाल र युएई दुवै डिभिजन–२ मा झरिसकेका छन्। अन्तिम चरणलाई दुवै टिमले डिभिजन–२ को तयारीका रुपमा लिएका छन्।

कमेन्ट गर्नुहोस्