डब्लुसिएल च्याम्पियनसिपमा नेपालद्वारा २२२ रनको लक्ष्य प्रस्तुत

काठमाडौं, मंसिर २० । विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत सातौं चरणको पहिलो खेलमा नेपालले युएईलाई २२२ रनको लक्ष्य दिएको छ ।

पुरै ५० ओभर खेल्दै नेपालले ६ विकेटको क्षेतिमा २२१ रन बनाएको हो । शरद भेषावाकरले उत्कृष्ट व्याटिङ गर्दै ८१ रन बनाए । ९५ बलको सामाना गरेका उनले ९५ बलमा ५ चौका प्रहार गरे।

यस्तै बसन्त रेग्मीले नटआउट १४ रन जोडे। बसन्तले १५ बलको सामना गर्दा बाउन्ड्री प्रहार गरेनन्।

ओपनिङ ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले पनि अर्धशतक प्रहार गर्ने क्रममा ५४ रन बनाए। ८३ बल खेलेका उनले ६ चौका प्रहार गरे। अर्का ओपनिङ ब्याट्सम्यान दिलीप नाथ १६ रन जोडे।

आबुधावीको शेख जायेद रंगशालामा युएईले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको छ।

नेपाली टिममा ज्ञानेन्द्र मल्ल, दिलीप नाथ, शरद भेषावकर, पारस खड्का, आरिफ शेख, विनोद भन्डारी, सोमपाल कामी, बसन्त रेग्मी, शक्ति गौचन, सन्दीप लामिछाने र ललितसिंह भन्डारी । डब्लुसिएलको अन्तिम चरणअघि शीर्ष ४ मा पर्न सम्भव नभएपछि नेपाल र युएई दुवै डिभिजन–२ मा झरिसकेका छन्। अन्तिम चरणलाई दुवै टिमले डिभिजन–२ को तयारीका रुपमा लिएका छन्।

कमेन्ट गर्नुहोस्