नेपाल युएइसँग ७ विकेटले पराजित

काठमाडौं, मंसिर २० । विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत सार्तौ चरणको पहिलो खेलमा नेपाल युएईसँग ७ विकेटले पराजित भएको छ ।

आबुधावीको शेख जायेद रंगशालामा बुधबार भएको खेलमा नेपालले दिएको २ सय २२ रनको लक्ष्य युएईले ४५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो।

युएईको जितमा गुलाम सब्बिरले नटआउट ८१ रनको योगदान गरे। उनले १ सय १६ बलमा ८ चौका प्रहार गरे। मोहमद उस्मानले नटआउट १७ रन जोडे। त्यसअघि ओपनर रोहन मुस्ताफाले ६२ रन बनाए। उनले ७१ बलमा ७ चौका र १ छक्का प्रहार गरे।

बलिङतर्फ नेपालका सन्दीप लामिछाने र शरद भेषावकरले १–१ विकेट लिए।

युएईले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय २१ रन जोड्यो।नेपालका लागि शरद भेषावकरले उत्कृष्ट ब्याटिङ गरे। उनले नटआउट ८१ रन जोडे। उनले ९५ बलमा ५ चौका प्रहार गरेका थिए।

कमेन्ट गर्नुहोस्