भोट हाल्दै देउवाका प्रतिस्पर्धी भट्टले भने-‘यसपाली कसैले रोक्न सक्दैन’

डडेल्धुरा, मंसिर २१ । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका नेता खगराज भट्टले मतदान गरेका छन् । मतदान गरेपछिको संक्षिप्त प्रतिक्रियामा उनले भने, ‘यसपाली मेरो जितलाई कसैले रोक्न सक्दैन ।

भट्टले जिल्लाको चिपुर स्वास्थ्य चौकी क मतदान केन्द्रमा विहान करिब ९ बजे मतदान गरेका हुन ।

मतदानपछि संक्षिप्त प्रतिक्रिया दिदैं भट्टले आफ्नो जित सुनिश्चित रहेको बताए । आफू लामो समयदेखि जनताको हकअधिकारका लागि लडेको र अब राजनीतिक क्रान्ति पुरा भएकोले सम्बृद्धिका लागि एकजुट भएर लड्नु पर्ने बताए ।

अघिल्ला चुनावमा माओवादी एक्लैले देउवालाई कडा चुनौति दिएको र झिनो मतले आफू पराजित भएको बताउदै अहिले वाम गठबन्धनसँगै जनलहर आफ्नो पक्षमा रहेको बताए ।

भट्टले भने, ‘जित सुनिश्चित छ । मतदान प्रक्रिया र विजयको घोषणा हुन वाँकी छ ।

 

कमेन्ट गर्नुहोस्