मर्नु अघि भोट हाल्न पाइयो (फोटो फिचर)

बृद्धहरुको मन त्यसै पनि बालकको जस्तो हुन्छ भन्छन्, रमाएका छन् उनीहरु

कपिल घिमिरे, चितवन ।
–‘भोट हाल्न आ’को नि ?’, मेरो प्रश्न भूईंमा झर्न नपाउँदै आमैले भनिन् ।

– कति रहर ला’को है ? मैले भनेँ ।

– लाग्दैन त ? मर्नु अघि एकफेराँ फेरि भोट हाल्न पाएँ ।

 

कतिपयका लागि चुनावमा भोट हाल्नु औपचारिकता लागेको हुनसक्छ, तर चितवनमा भने बेग्लै दृश्य देखिन्छ । हरेक बुथमा भोट हाल्नेहरुमा उल्लेख संख्या छ, यस्तै बृद्धहरुको ।

 

 

उमेरले नेटो काटन खोजेका बृद्धहरु सकि नसकि हिँडेर या पिठ्यूँमा बोकेर मतदान स्थलसम्म आइपुगेका छन् । त्यसो त चुनावी प्रचार अभियानमा यस्ता बृद्धहरु घर अगाडि स्वागतमा उभिएका देखिन्थे, अनि आशिर्वाद दिन्थे ।

 

चुनावको उत्साह अचम्मलाग्दो छ । अहिलेसम्म एक तिहाईले भोट हालिसकेका छन् । बृद्ध, बृद्धा, महिलाहरुको उल्लेख्य उपस्थिति देखिन्छ ।

पञ्चायती चुनावको सम्झना केहीलाई मात्रै छ, बहुदलका भने हरेक चुनावमा उनीहरुले भोट हालेको बताउँछन् । बृद्धहरुको मन त्यसै पनि बालकको जस्तो हुन्छ भन्छन्, रमाएका छन् उनीहरु । उत्साहित देखिन्छन् ।

 

 

कमेन्ट गर्नुहोस्