फूलपरासीमा गोली चल्यो, मतदान स्थगित

सर्लाही, मंसिर २१ । नेपाली कांग्रेसले फर्जी मत खसालेको आरोप राष्ट्रिय जनता पार्टीका प्रतिनिधिले लगाएपछि सर्लाहीको फूलपरासीमा गोली चलेको छ ।

सर्लाहीको कौडेना गाँउपालिका–२ जनता मावि मतदान स्थलमा कांग्रेस र राजपा कार्यकर्ताबीच झडप भएको छ ।

झडप भएपछि प्रहरीले ४ राउण्ड हवाई फायर गरेको छ । अहिले मतदान कार्य रोकिएको छ । मतदान कार्य सुचारु गराउने प्रयास भयरहेको प्रहरी उपरीक्षक मसाउद आलम खाँले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्