नेमकिपाका अध्यक्ष विजुक्छेंले पहिलोपटक अरुलाई भोट हाले

'प्रतिस्पर्धी दुवैले एउटै केन्द्रबाट मतदान'

भक्तपुर, मंसिर २१ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा मतदान गरेका छन् ।

अध्यक्ष विजुक्छेंले भक्तपुर क्षेत्र–१ दरबारक्षेत्रस्थित विद्यार्थी निकेतन मतदान स्थलको क केन्द्रमा मतदान गरेका हुन् ।

२०४८ सालदेखि २०७० सालको दोस्रो संविधानसभा निर्वाचनसम्म आफैंलाई भोट हाल्दै आएका अध्यक्ष विजुक्छेंले पहिलोपटक आफूबाहेक अरुलाई मतदान गरेका हुन । यसपटक उनले नेमकिपाका उम्मेदवार पार्टी सचिव प्रेम सुवाललाई मतदान गरेका हुन्।

प्रतिस्पर्धी दुवैले एउटै केन्द्रबाट मतदान
भक्तपुर क्षेत्र नं १ बाट प्रतिनिधिसभाका लागि नेमकिपाका उम्मेदवार प्रेम सुवाल र वाम गठबन्धनका उम्मेदवार मिलन सुवालले एउटै मतदान केन्द्रमा फरक फरक समय मतदान गरेका छन्।

उनीहरु दुवैले भक्तपुर नपा ६ स्थित बालबोध शान्ति स्कुल मतदान केन्द्रमा मतदान गरेका हुन्। वाम गठबन्धनका मिलन सुवाल माओवादी केन्द्रका जिल्ला सहइन्चार्ज हुन्।

कमेन्ट गर्नुहोस्