मतदानपछि ओलीले भने- चुनाब राेक्ने प्रधानमन्त्रीका सबै प्रयास असफल

'अव देश विकास र सम्बृद्धिको एक्कल एजेण्डामा अगाडि बढ्छ'

काठमाडौं, मंसिर २१ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादीसँग अव छिट्टै पार्टी एकता प्रकिया शुरु हुने बताएका छन् ।

झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरबाट मतदान गरेका छन् । अाेलीले भक्तपुरको सुर्यविनायक नगरपालिका वडा नम्बर २ को बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन ।

झापा क्षेत्र नम्बर ५ का उम्मेदवार भए पनि भक्तपुरबाट मतदान गर्ने भएपछि अध्यक्ष ओलीले आफैलाई भने मतदान गर्न पाएनन् ।

मतदानपछि संक्षिप्त प्रतिक्रिया दिदैं ओली भने, ‘सरकारले चुनाव रोक्न धेरै प्रपञ्च गरेपनि त्यसलाई असफल पार्दै देशलाई आजको अवस्थासम्म ल्याउन भूमिका खेल्न पाएकोमा खुशी लागेको छ । वाम गठबन्धनले दुईतिहाई बहुमत ल्याउनेमा म ढुक्क छु ।’

अव राजनीति आन्दोलन सकिएकाले आर्थिक र विकासका एजेण्डालाई प्रमुख बनाएर अगाडि बढ्ने उनले बताए । र अव छिट्टै पार्टी एकताको प्रक्रिया पनि अगाडि बढ्ने जानकारी दिए ।

 

कमेन्ट गर्नुहोस्