कांग्रेस कार्यकर्ताद्वारा बुथ कब्जाको प्रयास, झडपपछि अवस्था तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर

नेपाली कांग्रेस र वाम गठबन्धनका समर्थकबीच झडप हुँदा प्रहरीले बल प्रयोग गर्नु परेको छ ।

अछामको चौरपाटी गाउँपालिका–५, लुंग्राको दया पिपलतोला मावि मतदान केन्द्रमा नेपाली कांग्रेस र वाम गठबन्धनका कार्यकर्ताबीच झडप भएपछि स्थितिलाई नियत्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ ।

नेपाली कांग्रेसले बुथ कब्जा गर्न खोजेको भन्दै वाम गठबन्धन समर्थकहरुले बिरोध गरेपछि विवाद चुलिएको थियो ।

सोही क्रममा एकले अर्कामाथि ढुंगा प्रहार गर्न खोजेपछि अवस्था नियन्त्रणबाहिर गएको थियो ।

स्थितलाई नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड अस्रुग्यास प्रहार गरेको छ । अवस्था उग्र हुने भएपछि अहिले नेपाली सेनाको हेकिप्टरले त्यहाँ गए पनि बस्न नसकेर हवाई गस्ती गरिरहेको छ ।

झडपमा कति घाइते भए भन्ने एकिन हुन नसकेको स्थानीयले बताएका छन् । अहिले धेरैजसो मतदाता स्थानीयको घरमा लुकेर बसेको बताइएको छ । उक्त मतदान केन्द्र अछाम क्षेत्र नं १ प्रदेशसभा क्षेत्र नं १ का नेपाली कांग्रेसका उम्मेदवार मेघराज खड्काको मतदान केन्द्र हो ।

 

कमेन्ट गर्नुहोस्