बैतडीमा वाम गठबन्धन ३४३ मतले अगाडि

बैतडी, मंसिर २१ । बैतडी वाम गठबन्धनका दामोदर भण्डारीले अग्रता लिएका छन् । उनले लोकतान्त्रिक गठबन्धनका नरबहादुर चन्दलाई ३४३ मतले पछि पारेका छन् ।

भण्डारीले १८६९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी चन्दले १५२६ मत प्राप्त गरेका छन् ।

त्यस्तै प्रदेश क मा वाम गठबन्धनकै प्रेमप्रकाश भट्टले ११८५ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी लोकतान्त्रित गठबन्धनका हरिमोहन भण्डारी ८२३ पाएका छन् ।

त्यसैगरी, प्रदेश ख मा पनि वाम गठबन्धनका लिलाधर भट्टले १३२० र लोकतान्त्रित गठबन्धनका गणेश चन्द ११९५ मत प्राप्त गरेका छन् ।

 

कमेन्ट गर्नुहोस्