गोरखामा नारायणकाजी भन्दा बाबुराम अगाडि, क्षेत्र नं १ मा माअाेवादीका हरिराज अगाडि

गोरखा । गोरखा क्षेत्र नं २ मा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र नयाँशक्तिका बाबुराम भट्टराईबीच कडा प्रतिस्पर्धा भएको छ ।
शुरुवातमा श्रेष्ठ अगाडि थिए भने अहिले भट्टराईले अग्रता कायम गरेका छन् ।

ताजा मत परिणाम अनुसार भट्टराईले ८३० मत पाएका छन् भने श्रेष्ठले ७६६ मत।

त्यस्तै गोरखा क्षेत्र नं १ मा माओवादीका हरिराज अधिकारीले १२८१ मत प्राप्त गरेका छन भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका चिनकाजी श्रेष्ठले ८५१ मत प्राप्त गरेका छन् ।

गोरखा क्षेत्र नं १ क प्रदेशमा
माओवादीका लेखबहादुर थापा मगर ८६५
नेपाली कांग्रेसका घिरन थापा ५८७
प्रदेश ख मा
एमालेका रामशरण बस्नेत ७४३
कांग्रेसका राजेन्द्र बजगाई ६५४

कमेन्ट गर्नुहोस्