कथाः नारा

‘कसले फेर्यो हाम्रो महान नारामा पिसाब ?’

क्याम्पसका दुई विद्यार्थी संगठन आगो भएका थिए ।

‘कुन मण्डलेले फेर्यो नारामा पिसाब रु’

उनीहरूले केही दिन पिसाब फेर्ने व्यक्तिको खोजबिन पनि गरे, तर केही पत्ता नलागेपछि क्याम्पस प्रमुखसमक्ष विरोधपत्र प्रस्तुत गरे । समाधान निस्केन, पिसाब फेर्ने क्रम पनि रोकिएन । त्यसपछि दुवै संगठन अनिश्चितकालीन तालाबन्दी गर्ने निर्णयमा पुगे ।

‘हाम्रो नारामा पिसाब फेर्ने व्यक्ति पत्ता लगाउन नसक्ने क्याम्पस प्रमुख राजीनामा दे !’

‘विद्यार्थी हकहितको संरक्षण गर्न नसक्ने नालायक क्याम्पस प्रशासन मूर्दावाद !’

‘दोषीलाई कडाभन्दा कडा कारबाही गर !’

केही समयअघि अचानक सरकारले राजधानीमा भित्तेलेखनलाई कडाइका साथ बन्द गरिदिएको थियो । सत्तारुढ दलले विगतमा आफूले फोहोर पारेका भित्ता सफा गर्ने अभियान नै चलाएको थियो भने प्रमुख प्रतिपक्षी लगायतका दल र विद्यार्थी संगठनहरू त्यसको विरोधमा थिए । तर, सरकारले आफ्नो निर्णय कार्यान्वयन गराइछाड्यो ।

त्यसपछि प्रतिपक्षी दल र विद्यार्थी संगठनहरूको ध्यान शौचालयका भित्ताहरूमा पर्न गएको थियो । ती स्थानहरू भोट माग्न र विचार प्रवाहमा प्रयोग हुन थालेका थिए । सार्वजनिक र क्याम्पसका शौचालयहरूको भित्ता कब्जा गर्नुलाई विद्यार्थी संगठनहरू आफ्नो सफलता ठान्थे, विजय मान्थे । उनीहरू शौचालयको भित्तो कब्जाका लागि मूठभेडमा उत्रन पनि पछि पर्दैनथे । भित्ताले जन्माएको झ्डप साम्य पार्न थुप्रै पटक क्याम्पस प्रशासनले प्रहरी गुहार्नु परेको थियो । पढ्न चाहने विद्यार्थी साँढेको जुधाइमा निर्दोष बाच्छा हुन पुगेका थिए ।

शौचालय उसै पनि साँघुरो ठाउँ भएकाले एउटा संगठनले लेखेको नारा मेट्न अर्को संगठन उद्यत हुन्थ्यो । विशेषगरी, राजनीतिक दल र विद्यार्थी संगठनहरूको चुनावताका यस्तो अवस्था आइपथ्र्यो । भित्तेलेखन पुरुष शौचालयमा बढी र महिलाका शौचालयतर्फ यदाकदा मात्रै हुन्थ्यो । दुर्गन्ध भने दुवैतर्फ उत्तिकै थियो ।

पटके भित्ता कब्जा र झ्डपपछि त्यो क्याम्पसका बलिया दुई संगठनले आइन्दा मिलेर नारा लेख्ने समझ्दारी गरे भने कमजोर संगठनहरू आफ्ना नारा मेटिएको रमिता हेरिरहन बाध्य भए । तर, ती दुई संगठनका नारामा कसैले निरन्तर पिसाब फेर्न थालेपछि क्याम्पसमा फेरि रडाको शुरू भएको थियो ।

‘हाम्रो महान वाणीमा पिसाब फेर्ने हिम्मत कसले ग¥यो रु’ दुवै संगठनको पारो चढिरहेको थियो । दुई संगठन समान समस्यामा परेकाले तिनीहरू ‘नारामा पिसाब फेर्ने मण्डलेको खोजी’ गर्न मिलेका थिए । दुई संगठनका माउ पार्टीका मध्यम तहका नेताहरू पनि यस विषयमा सँगै बसेर छलफल गर्न थालेका थिए । यसअघि राष्ट्रिय महŒवका कुनै पनि मुद्दालाई लिएर उनीहरू एकठाउँमा आउन सकेका थिएनन् ।

कचौरा आकारको राजधानी वर्षौंदेखि पानीको अभाव बेहोरिरहेको थियो । त्यो सरकारी क्याम्पसमा विद्यार्थीका निम्ति खानेपानी त थिएन भने शौचालयमा हाल्ने पानी कहाँ पाउनु १ यो समस्यालाई कुनै पनि विद्यार्थी संगठनले हडतालको विषय बनाएका थिएनन् । त्यसैले त्यो क्याम्पसको शौचालय अति दुर्गन्धित थियो ।

शौचालय र पुस्तकालयको झयाल आमनेसामने थिए । शौचालयको दुर्गन्धले पुस्तकालयमा पढ्ने विद्यार्थीलाई प्रभावित पाथ्र्यो । उनीहरू पुस्तकालयमा पनि रुमालले मुख छोपेर पढ्थे । तिनले क्याम्पस प्रशासनलाई कैयौं पटक शौचालयपट्टिको झयाल बन्द गरिदिन अनुरोध गरे, तर सुनुवाइ भएन । पुस्तकालयलाई नै अन्त सार्न तिनीहरूले गरेको अनुरोधमा कसैले चासो दिएन ।

परीक्षाका वेला भने कतिपय विद्यार्थी शौचालयमा लामो समयसम्म बस्थे । अति दुर्गन्धित भएका कारण शौचालयसम्म शिक्षक वा क्याम्पस प्रशासनका प्रतिनिधि जाँदैनथे । त्यहाँ बसेर चिट वा गाइड पल्टाउने वा प्रश्नका उत्तर कण्ठ पार्न सक्ने विद्यार्थीलाई कसैले डिस्टर्ब गर्दैनथ्यो । परीक्षा अगावै कुनाकाप्चामा गाइड लुकाएर राख्ने विद्यार्थीहरू शौचालय अझ् दुर्गन्धित होस् भनी कामना गर्थे ।

अध्ययनलाई नै सबथोक ठान्ने विद्यार्थीका लागि भने क्याम्पसको शौचालय जानु भनेको ठूलो सजाय काट्नुसरह हुन्थ्यो । आँखामा पीरो मुस्लो पसेजस्तो भएपछि उनीहरू आधा पिसाब फेरेर फर्कन्थे । एक पटक एक जना विद्यार्थी शौचालयमा बेहोशै भए । त्यसवेला विद्यार्थी संगठनहरूले तिनको उपचार क्याम्पसले गरिदिनुपर्ने मागसम्म राखेका थिए । अहिले तिनीहरू आफ्नो ‘महान नारामा पिसाब फेर्ने को हो ?’ भनेर चिन्तित थिए ।

यी दुई शक्तिशाली विद्यार्थी संगठनमध्ये कहिले यसले त कहिले त्यसले चुनाव जित्थ्यो । जसले जिते पनि मतान्तर झ्निो हुन्थ्यो । क्याम्पसमा अरू २० वटा विद्यार्थी संगठन भए पनि उनीहरू निरीह थिए । ठूला दुई संगठन आफूहरू विद्यार्थीहरूको विघ्नहर्ता भएको दाबी गर्थे । ती दुईको एउटा नारा पनि मिल्थ्यो– ‘उच्च शिक्षासम्म निःशुल्क पढ्न पाउने व्यवस्था गर १’

विद्यार्थीहरू एउटालाई प्रजातान्त्रिक र अर्कोलाई प्रगतिशील संगठनका रूपमा चिन्थे । अर्थात्, तीमध्ये एउटा कम्युनिस्ट र अर्को कांगे्रस थियो । दुवै संगठनका पदाधिकारीको अधिकांश समय माउ पार्टीको कार्यालयमा बित्थ्यो । माउ पार्टीले जसलाई चाहन्थ्यो, विद्यार्थी चुनावमा उही उम्मेदवार हुन्थ्यो । जित–हारमा पनि माउ पार्टीको सहयोगमा भर पर्थ्यो ।

शौचालयको नारामा पिसाब फेरेको विषयले दुई पार्टी कार्यालयमा पनि गम्भीर बहसको शुरुआत गरायो । दुवै पार्टीले पिसाब फेर्नेमाथि कडा कारबाहीको माग गर्दै क्याम्पस प्रमुखलाई पत्र लेखे ।

शौचालय उत्तर फर्किएर पिसाब फेर्नुपर्ने किसिमले निर्मित थियो । प्रगतिशीलले आफ्नो नारा दक्षिणपट्टि लेखेको थियो भने प्रजातान्त्रिकले पश्चिम भित्तामा । तर, कसैले गलत दिशातिर फर्किएर निरन्तर दुवै संगठनको नारामा पिसाब फेर्ने दुष्कार्य गरिरहेको थियो । सब चकित थिए १

शुरूमा त दुई संगठनले एकले अर्कोमाथि दोष लगाएका थिए । तर, दुवैका नारामा पिसाब परेकोले एजेन्डा समान हुन पुगेको थियो । उनीहरूबीच पिसाब फेर्ने पत्ता लगाउन ऐक्यबद्धता भएको थियो । तर समस्या ज्यूँकात्यूँ रह्यो, नारामा पिसाब फेर्ने क्रम पनि रोकिएन । राता र नीला रङका इनामेलले लेखिएका नारा लगातार पिसाब पर्नाले पहेंलिन थालेका थिए ।

‘कसले फेरिरहेको छ लगातार पिसाब उल्टो दिशाबाट नारालाई निशाना बनाएर १’ विद्यार्थी संगठनहरूको टाउकोदुखाइ बनेको छ । दुई हप्तामा पनि पिसाब फेर्ने ‘मण्डले’ अज्ञात छ ।

समस्या संसद्सम्म पुग्यो । दुवै विद्यार्थी संगठनका माउ पार्टीका सांसद्हरूले गृहमन्त्री र शिक्षामन्त्रीले जवाफ दिनुपर्ने अडान लिंदै संसदमा्मा अन्य विषयलाई प्रवेश गर्नै दिएनन् । क्याम्पसमा तालाबन्दी कायमै रह्यो । पढाइमा भविष्य देख्ने विद्यार्थीहरू हरेक दिन निराश बन्दै क्याम्पसबाट फर्कन्थे । आफ्नो मागमा अडिग विद्यार्थी नेताहरू पनि हरेक दिन क्याम्पस पुग्थे, शौचालयको भित्ता हेर्थे र नाराबाजीका साथ केही न केही तोडफोड गर्थे ।

नारा लेखिएको भित्तामा जहिल्यै आलो पिसाबको दाग देखिन्थ्यो । त्यसले मूर्दावाद लेखेको हो कि जिन्दावाद, नारालाई अस्पष्ट पार्दै लगेको थियो । शौचालयको दुर्गन्ध झ्नै बढ्दो थियो । नारामा पिसाब फेर्ने क्रम पनि रोकिएको थिएन ।

राजेन्द्र पराजुली

 

एजेन्सीको सहयोगबाट

कमेन्ट गर्नुहोस्