नेपाल राष्ट्र बैंकले तोकेको विदेशी बिनिमयदर

काठमाडौं, पुस २ । आइतबार नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरअनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ २४ पैसा र विक्रिदर २७ रुपैयाँ ४० पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ०६ पैसा र विक्रिदर २८ रुपैयाँ २३ पैसा छ ।

युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ८२ पैसा र विक्रिदर २७ रुपैयाँ ९८ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २५ रुपैयाँ ०५ पैसा र विक्रिदर २५ रुपैयाँ १९ रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ३८ पैसा र विक्रिदर ९ रुपैयाँ ४४ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ३८ रुपैयाँ २२ पैसा छ भने विक्रिदर ३ सय ४० रुपैयाँ ३० पैसा रहेको छ ।

एक बहराइन दिनारको खरिददर २ सय ७१ रुपैयाँ ०१ पैसा र विक्रिदर २ सय ७२ रुपैयाँ ६० पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

कमेन्ट गर्नुहोस्