चलचित्र ‘राज्जा रानी’ को पब्लिसिटी अभियान सुरु

पौष ३ । नेपाली चलचित्र राज्जा रानीले सोमबारदेखि देशव्यापीरुपमा केकी अधिकारी र नाजिर हुसेन पब्लिसिटी अभियान थालेका छन् ।

उक्त अभियान पूर्वको विराटनगरदेखि सुरु भएर काठमाडौं राजधानीमा आएर टुङ्गिने जनाएको छ ।

क्याम्पेनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मैथिली संस्करणको ट्रेलर एवं गीत लन्च गरिएको थियो ।

सामाजिक संस्था भोर नेपालले बिराटनगर, बीरगंजसहित पूर्वी तराईका सिनेमा घरमा राज्जा रानीलाई मैथिली भाषामा प्रदर्शन गर्दैछ ।

कमेन्ट गर्नुहोस्