‘कुटुमा कुटु’ गीत सुनेपछि कैयौंले खैनी–चुरोट खानै छाडे

पुस ५ । नेपाली चलचित्र ‘दुई रुपैयाँ’ को सुपरहिट गीत ‘कुटुमा कुुटु’ गीतले युट्युबमा सबैभन्दा धेरै हेरिने गीतका रुपमा रेकर्ड राख्न सफल भएको छ । राजनराज शिवाकोटीको शब्द, संगीत र स्वर रहेको गीत जम्मा ७ महिनामा चार करोडभन्दा बढी पटक हेरिएको छ। यो गीतले सबभन्दा चाँडो एक करोड, दुई करोड र तीन करोड पुग्ने गीतका रुपमा समेत रेकर्ड बनाएको थियो।

गीतसँग जोडिएका अरु पनि रोचक पाटो छन् । त्यसमध्येको सबैभन्दा सुन्दर कुरा, यो गीत सुनेर खैनी–चुरोट छाड्नेहरु भेटेका छन् सर्जक शिवाकोटीले।

उनी भन्छन्, ‘मैले हरेक गीतमा सन्देश मिसाउँछु। यसमा पनि खैनी(चुरोट खानेलाई गिज्याउन खोजिएको हो– खैनी–चुरोट खान्छौ कि दाँतै कालो छ, ओठै कालो छ भनेर।’

कति खैनी–चुरोटका अम्मलीलाई यही टुक्का गाएर निकटस्थहरुले गिज्याएपछि लाजले छाडेछन् भने कतिलाई गीत सुन्दै घोचेको रहेछ। शिवाकोटी विभिन्न कार्यक्रममा जाँदा यस्तो अनुभव सुनाउनेहरु भेटिरहेका हुन्छन्।

धेरैले कम्मर मर्काइसकेको र धेरैका ओठमा झुन्डिएको यो गीतको रचना उनले आफ्नो गाउँ दोलखा सुस्पा क्षमावतीको जंगलमा बसेर गरेका थिए, त्यो पनि ४–५ वर्षअघि नै।

सम्बन्धित् समाचार  चलचित्र ‘काले दाई’को गीत युट्युबबाट सार्वजनिक (भिडियोसहित)

कमेन्ट गर्नुहोस्

%d bloggers like this: