चलचित्र ‘ह्याप्पी डेज’ को ट्रेलर सार्वजनिक

पुस १० । नेपाली चलचित्र ‘ह्याप्पी डेज’ को ट्रेलर सार्वजनिक भएको छ ।

आगामी माघ १२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ह्याप्पी डेज’ मिलन चाम्सले निर्देशन गरेका छन् ।

नेपाल र बेलायतमा खिचिएको चलचित्र ‘ह्याप्पी डेज’ लण्डनमा प्रिमियर समेत भैसकेको छ । चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, दिया पुन, संजय गुप्ता लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रमा विक्की जोशी, जेनिहा लिम्बु, मोनिका, रुपा पुन लगायतको पनि अभिनय छ ।

हेर्नुहोस् नेपाली चलचित्र ‘ह्याप्पी डेज’ को सार्वजनिक ट्रेलरको भिडियो-

कमेन्ट गर्नुहोस्