दोलखे नेवारी बाजा संरक्षणका लागि ४२ बालबालिकालाई तालिम

दोलखा, पुस ११ । दोलखामा लोप हुँदै गईरहेको दोलखे नेवारी बाजा संरक्षणका लागि ४२ जना बालबालिकालाई तालिम दिन थालिएको छ ।

नेपालको ऐतिहासिक बाजा दोलखाबाट सुरु भएको भए पनि संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेपछि स्थानीयको पहलमा तालिम शुरु गरिएको हो ।

गत भदौ २० गतेदेखि ऐतिहासिक दोलखे नेवारी बाजा संरक्षणका लागि ४२ जना बालबालिकालाई तालिम दिइँदै छ ।

नेवाः देय् दबू जिल्ला समिति द्वाल्खाको समन्वय, स्थानीय तथा नेवाः देय् दबू केन्द्रीय समिति काठमाडौंको प्राविधिक सहयोगमा ९ महिनासम्म तालिम सञ्चालन हुनेछ ।

तालिमको लागि विभिन्न व्यक्तिको सहयोगमा करिब ३ लाख रुपैयाँ बराबरका नयाँ बाद्यवादन खरिद गरिएको छ भने करिब ८ लाख अन्य खर्च हुने अनुमान गरिएको छ ।

कमेन्ट गर्नुहोस्