सुनको भाउ बढ्यो

काठमाडौं, पुस । शुक्रबार सुनको भाउ तोलामा एकसय रुपैयाँले बढेको छ । सुन तोलाको ५५ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

समग्रमा यो हप्ता सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको छ । हप्ताको पहिलो दिन तोलाको ५४ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार ५५ हजार ७ सय रुपैयाँ पुगेको हो ।

चाँदीको भाउ भने स्थिर छ । चाँदी शुक्रबार पनि हिजोजस्तै तोलाको ७ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  शुक्रबार सुनको मूल्य बढ्यो
%d bloggers like this: