किन हुदैन् मिटर ब्याजीमाथि अनुसन्धान ?

काठमाडौं, पुस १६ । गजल, क्यासिनो र जुवा घरहरुमा मिटर ब्याज चल्छ । धनाढ्य तथा व्यावसायीहरु खालमा आफूसँग भएको पैसा सकिएपछि त्यहीँ भएका मिटर व्याजी पैसा लिन्छन र जवा खेल्छन् ।

मारवाडी युवाहरुले आफूसँग भएको रकम सकाएर जथाभावी मिटर ब्याजमा रकम लिने र त्यसले अपराध निम्त्याउने प्रहरी अनुसन्धानमा देखिएपनि नियन्त्रणका लागि कुनै प्रक्रिया सुरु भएको छैन ।

कटहरीमा भएको सासु–बुहारी हत्याकाण्डको कारण समेत मिटर ब्याजको रकम बुझाउन नसक्नु नै भन्ने निष्कर्षमा प्रहरी पुगेको थियो । बिष्णु डाँगाले प्रहरीमा दिएको बयानमा दाजु (काकाको छोरा) श्रीराम डाँगाको ऋण दवावबाट जोगिन उनकै हत्या गर्ने योजना बनाएको भएपनि परिवारको हत्या गर्न आफ्ना साथी शुभम लखौटियाले सल्लाह दिइएको भनेका छन् ।

शुभमकै सल्लाह बमोजिम फारबिसगन्जबाट पेस्तोल र ६ थान गोली खरिद गरेर ल्याएको बताएका थिए ।

दाजु श्रीरामसँगै क्यासिनोमा गएर आफूले रकम सकेको र ऋण लिएको तिर्न नसक्दा हत्या गर्नुपर्ने चरणसम्म पुगेको बताइएको छ । प्रहरीले विष्णु र शुभमको अपराधसँग मिटर ब्याजको कारण जोडेको थियो ।

सम्बन्धित् समाचार  सरकारको निर्णयले विराटनगरवासी हर्षित, आज दीपावली गरिने

त्यस क्रममा अवैध आर्थिक कारोबार र गैरकानुनी नाफाखोरीलाई समेत कारवाही चलाउने गरी अनुसन्धान गर्ने बताएपनि अहिलेसम्म कुनै प्रक्रियामा बढेको छैन ।

यो हत्याकाण्डसँगै नाम खुलेकामध्ये रबि राठी, निर्मल पाण्डेहरु अहिले पनि मिटर ब्याजको काम गरिरहेको बताइन्छ । विष्णुले रबि राठीसँग मिटर ब्याजमा रकम लिइएको प्रहरीसँगको बयानकै क्रममा बताएका थिए ।

त्यस्तै शहीद मैदान छेउमा पुल हाउस सञ्चालन गरेका निर्मल पाण्डेको नाम समेत प्रहरी सूचिमा चढेको छ । तर, पनि मोरङ प्रहरी भने मौन बस्दै आएको छ । आरोपित मानिएका पाण्डेले आफूसँग जग्गा धितो राखेर रकम सहयोग लिनेहरु आउँदा सहयोग गर्ने गरेको बताए । उनले आफैं डुब्ने अवस्थामा पुगेकोले अहिले त्यस्तो कारोबारबाट अलग भएको बताए ।

‘मेरो पनि नाम प्रहरी कार्यालयमा छ तर मैले छोडिसके’ पाण्डेले भने–आफैं डुब्ने अवस्थामा छु, कसरी कारोबार गर्ने ? त्यहि हत्याकाण्ड अनुसन्धानका क्रममा प्रहरीले विराटनगरका ३० जनासँग सोधपुछ समेत गरेको थियो । तर, त्यसपछि प्रहरी चुपचाप बसेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: