प्रचण्ड अर्थात ‘किङ मेकर’

दश वर्ष शसस्त्र विद्रोहको नेतृत्व गरेका एमओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूमिगत कालमा मात्र होइन, शान्ति प्रक्रियामा भए पछि पनि राजनितिको केन्द्रीय पात्रका रुपमा छाएका छन् ।

पहिलो संविधानसभाको निर्वाचनमा सबै भन्दा ठुलो दलको हैसियतमा उनी प्रधानमन्त्री बने र शासकिय अनुभवको कमी र आफ्नै पार्टीको अनेकौ जटिलताका कारण उनको सत्ता यात्रा लामो समय जान सकेन । प्रधानसेनापति प्रकरणबाट अप्रत्यासित ढंगबाट बाहिरिएका प्रचण्डका लागी व्यक्तिगत रुपमा सत्ता निकै टाढाको विषय बन्न पुग्यो ।

तर उनको पार्टी सरकारको नेतृत्व र साझेधारीबाट विमुख भने भएन । पार्टी निरन्तर विभाजनको पिडाबाट गुज्रनु परे पनि प्रचण्डले सत्ता राजनितिबाट टाढा बस्नु परेन । तर उनले अनेक प्रयत्न गरे पनि आफै सरकारको नेतृत्वमा पुग्ने अवसर भने पाएनन् । पहिलो र दोस्रो संविधानसभा दुवैमा उनको निर्णय वा प्रयासमा मुलुकमा प्रधानमन्त्री चयन निर्णायक बन्न पुग्यो । बेला बखतमा यो प्रस‌ग प्रचण्ड स्वंय पनि उल्लेख गर्ने उल्लेख गर्ने गर्दछन् ।

प्रतिशतका हिसावले धेरै थोरै भए पनि प्रचण्डकै कारण मुलुकले उनकै चाहनामा प्रधानमन्त्री पाएको छ । दोस्रो संविधानसभा निर्वाचन पछि सबै भन्दा ठुलो दलका हैसियतले कांग्रेस सभापति शुसिल कोइरालालाई प्रधानमन्त्री बनाउँन प्रचण्डको भूमिका नभए पनि अरु थुप्रै प्रधानमन्त्रीहरु उनकै प्रयासमा भएको देखिन्छ । त्यस्ता प्रधानमन्त्री को–को हुन त ?

माधवकुमार नेपाल
पहिलो संविधानसभा निर्वाचनमा एमाले नेता नेपाल पराजति भए । नेपाल मात्र होइन त्यति बेला ठुलो दलका शिर्ष नेताहरु अधिकांश पराजित भए र संविधान निर्माणका लागी भन्दै नेपाललाई तत्कालिन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले मनोनित सभासद बनाउने प्रस्ताव गरे । जसलाई त्यतिबेलाका प्रधानमन्त्री एंव सबैभन्दा ठुलो दलका नेता प्रचण्डले स्वीकार गरे । सम्बैधानिक समितिका सभापति बनाइएका नेपाल प्रचण्ड प्रधानमन्त्रीबाट हटे लगतै प्रधानमन्त्री बने प्रचण्डले मनोनित सभाषद् बनाउने प्रस्ताव स्वीकार नगरेको भए नेपाल प्रधानमन्त्री बन्ने थिएनन् । यद्यपी प्रधानमन्त्रीकै रुपमा भने नेपालको कट्टर विरोधीका रुपमा देखिए ।

झलनाथ खनाल
नेपाल प्रधानमन्त्रीबाट हटेपछि झण्डै ६ महिनासम्म नयाँ प्रधानमन्त्रीको चयन हुन सकेन । डेढ दर्जन पटक भएको निर्वाचनले पनि प्रधानमन्त्रीको चयन हुन सकेको थिएन । त्यतिबेला प्रचण्ड आफै प्रधानमन्त्री पदका उम्मेदवार थिए । कांग्रेसबाट रामचन्द्र पोडेल र एमालेका खनाल प्रधानमन्त्री पदका उम्मेदवार थिए । भारतले आफुलाई प्रधानमन्त्री बन्नबाट रोकेको बुझाई प्रचण्डको थियो । भारतसंग निकटसम्बन्ध नभएका खनाललाई समर्थन गरेर प्रचण्डले अप्रत्यासित रुपमा प्रधानमन्त्री बनाइदिए । उनको सरकार करिव ६ महिना चल्यो ।

डा. बाबुराम भट्टराई
खनाल प्रधानमन्त्रीबाट हटे पछि प्रचण्ड आफै अघि सर्ने वातावरण बनेन । पार्टी भित्र उपाध्यक्षद्धय मोहन वैद्य र भट्टराईले उनी विरुद्ध मोर्चाबन्दी गरिरहेका थिए । प्रचण्डलाई पार्टीकै नेतृत्वबाट विस्थापित गर्ने सम्मको तयारी अघि बढीरहेको थियो । बैद्य भट्टराई सैद्धान्तिक भन्दा पनि स्वार्थ प्रेरित गठबन्धनमा अघि बढेका थिए । त्यति नै बेला चर्चित ‘धोविघाट’ प्रकरण घट्यो । जुन प्रकरणले प्रचण्डलाई नेतृत्वबाट हटाउने सम्मको योजना बने पछि उनले भट्टराईलाई प्रधानमन्त्रीका रुपमा अघि सारे भने माओवादी पार्टी विभाजन भयो । प्रचण्डले भट्टराईलाई प्रधानमन्त्रीमा निर्वाचित गराए । भट्टराई कै प्रधानमन्त्री कालमा पहिलो संविधानसभाको अवसान भयो । भट्टराई कै नेतृत्वमा नयाँ संविधानसभाको निर्वाचन गर्न विपक्षि दलहरुले मानेनन् । कसको नेतृत्वमा निर्वाचन गर्ने भन्ने बिवाद लामो समय रह्यो ।

खिलराज रेग्मी
दलहरुबीच चरम अविस्वास थियो । एउटाले अर्काको नेतृत्व स्वीकार गर्ने अवस्था थिएन । राजनितिक नेतृत्व बाहे अन्य सार्वजनिक जीवनमा भएका व्यक्तिहरुको नेतृत्वमा सरकार गठन गरेर निर्वाचनमा जाने विषयमा निकै छलफल भएको थियो । तर साझा व्यक्तिको चयन हुन नसकि रहेका बेला प्रचण्डले तत्कालिन प्रधानन्याधिश खिलराज रेग्मीको नाम प्रस्ताव मात्रै गरेनन्, त्यति बेला हेटौडा महाधिवेशनबाट पारित समेत गराए । धेरैले विस्वास नगरेका रेग्मीलाई मन्त्रीपरिषदको अध्यक्ष बनाउन हुने वा नहुने विषयमा निकै ठुलो वहस चल्यो । न्यायपालिका र कार्यतालिका एउटै व्यक्तिको नेतृत्वमा हुन नहुने भन्दै शक्ति पृथकिरणको बहस चल्यो ।

अन्ततः रेग्मी मन्त्रीपरिषदको अध्यक्ष बने । उनको मन्त्री परिषदमा पूर्वप्रशासकहरु रहने सहमति भयो । गैरराजनितिक चरित्रको उक्त सरकारले देशमा दोस्रो संविधानसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्‍यो । जुन संविधानसभाले मुलुकमा संविधान समेत जारी गरिसकेको अवस्था छ । सरकार गठनको समयमा निकै नौलो प्रयोग र विवादस्पद भए पनि सरकारले दिएको परिणामले मुलुकलाई निकास दियो ।

प्रचण्ड आफैले गरेको प्रस्ताव अनुसार बनेको सरकार गराएको निर्वाचनमा एमाओवादी पराजित भयो । पछि सरकारले धाँधली गरेको आरोप माओवादीले लगाए पनि परिणाम स्वीकार गर्‍यो । सरकारले निष्पक्ष ढंगबाट निर्वाचन गएको कुरामा भने शंका थिएन ।

केपी शर्मा ओली
राजनितिमा असम्भव भन्ने कुरा केहि हुदैँन भन्ने फेरी प्रचण्डको समर्थनमा ओली प्रधानमन्त्री भएपछि प्रमाणित भएको छ । एक अर्काका कट्टर आलोचकमा रुपमा देखा परेका ओली र प्रचण्ड संविधान जारी गनेृ विषयमा एउटै ठाउँमा आए । बैशाख १२ गते गएको भूकम्प पछि दलहरु जसरी पनि संविधान जारी गर्ने निचोडमा पुगे ।

दलहरुबीच कांग्रेसको नेतृत्वमा संविधान जारी गर्ने त्यस पछि एमालेको नेर्ततवमा सरकार गठन गर्ने र मुख्य एवं सम्बैधानिक पदको बाडँफाट गर्ने अनौपचारिक सहमति भयो । कांग्रेसले उक्त अनुसार एमालेलाई समर्थन नगरेको भन्दै प्रचण्डले ओलीको दरो साथ दिए । उनकै साथ र समर्थनमा ओली मुलुकको ३७ औं प्रधानमन्त्री बनेका छन् ।

यसरी प्रचण्ड किङ मेगरको रुपमा देखा परेका छन् । तर आफै प्रधानमन्त्री बन्न भने उनलाई सहज छैन । उनले प्रधानमन्त्री मात्र नभएर मन्त्री र अन्य शक्तिशाली पदमा पनि थुप्रै व्यक्तिहरुलाई पुर्‍याएका छन् । मूलधारबाट

कमेन्ट गर्नुहोस्