३०० करोड नजिक ‘टाइगर जिन्दा है’

सलमान खान र क्याटरिना कैफ अभिनित चलचित्र ‘टाइगर जिन्दा है’ले भारतीय बक्स अफिसमा अन्धाधुन्द कमाइ गरिरहेको छ । बलिवुड वेबसाइट कोइमोइका अनुसार बुधवारको घरेलु कलेक्सनको प्रारम्भिक अनुमान ६.४५ करोड गरिएको छ ।

२२ डिसेम्बरमा रिलीज भएको यो चलचित्र कमाइका मामलामा आफ्नो प्रिक्वेल ‘एक था टाइगर’ जस्तै बलियो भएर आएको छ ।

रिलिज भएकै दिनदेखि दह्रो कमाइ बटुल्दै आइरहेको यस चलचित्रले भारतीय बक्स अफिसमा मंगलवारसम्म २८०.६२ करोड भारतीय रुपैयाँ कमाइसकेको छ र यसले चाँडै ३ सय करोडको महत्वपूर्ण आँकडा पार गर्ने अनुमान गरिएको छ ।

भारतीय चलचित्र विश्लेषक तरण आदर्शले आफ्नो ट्विटमा मंगलवार चलचित्रको कमाई ७.८३ करोड रहेको उल्लेख गर्दै हालसम्म यसको प्रदर्शन ‘सुपर स्ट्रङ्ग’ रहेको बताएका छन् ।

फिल्म ट्रेड पण्डितहरूका अनुसार यस फिल्मले सन् २०१७ मा खस्केको ठानिएको बलिवुडको व्यापारमा आशाको संचार गर्नेछ ।

यशराज फिल्म्सको ब्यानर अन्तर्गत निर्माण गरिएको यो चलचित्र सन् २०१२ को ब्लकबस्टर फिल्म ‘एक था टाइगर’को सिक्वेल हो । अली अब्बास जफरद्वारा निर्देशित यस चलचित्रमा दुई परस्पर प्रतिद्वन्दी देशका जासुसी संस्थाप्रति वफादारएउटा जासुस जोडीले कसरी संयुक्त रूपमा एउटा खतरनाक रेस्क्यु अप्रेसन पुरा गर्छन् भन्ने देखाइएको छ ।

सम्बन्धित् समाचार  बलिउडका कुन कलकारले कति पाश्रिमिक लिन्छ ?

फिल्म क्रिसमस र नयाँ वर्षको विदाको अवसर पारेर रिलीज गरिएको थियो जुन बलिवुडमा सर्वोत्कृष्ट व्यापार हुने समय मानिन्छ ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: