नेत्रहीन विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानसँग भिड्दै नेपाल

काठमाडौं । नेत्रहीन विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

पाकिस्तान र दुबईमा सोमबारदेखि संयुक्त रूपमा सुरु हुने प्रतियोगिताको खेल तालिका परिवर्तन भएपछि नेपालले पहिलो खेलमा पाकिस्तानसँग खेल्नुपर्ने भएको हो ।

यस्तै नेपालले बुधबार बंगलादेश खेल्नेछ भने दुवईमा शनिबार श्रीलंका, आइतबार भारत र सोमबार अस्ट्रेलियासँग खेल्नेछ ।

विश्वकप ट्रफी तीन राष्ट्रका कप्तानले मात्र सार्वजनिक गरेका थिए । यससँगै दुबईमा अस्ट्रेलिया, भारत र श्रीलंकाले विश्वकप खेल्नेछ । यसैबीच विश्वकपको फाइनल खेलको स्थान यसअघि पाकिस्तान भए पनि परिमार्जन गरिएको छ ।

भारतबाहेक एसियाली राष्ट्र विश्वकप फाइनलमा पुगेमा फाइनल खेल पाकिस्तानमा हुनेछ । तर, अस्ट्रेलिया अथवा भारत पुगेमा फाइनल खेल दुबईमा हुनेछ । फाइनल खेल १८ जनवरीमा दुबई अथवा पाकिस्तानको लाहोरमा हुनेछ ।

कमेन्ट गर्नुहोस्