बिग बोस ११– लव त्यागी घरबाट बाहिरिए, शिल्पा विजेता बन्ने दावी

मुम्बई, भारतीय रियालिटी शो ‘बिग बोस’ को ११ औं सिजनको अन्तिम चरण आइपुगेको छ ।

बिग बोसको आज सम्पन्न “विकेन्डका वार” मा प्राप्त भोटका आधारमा चर्चित सेलेब्रेटी लव त्यागीको यात्रा सकिएको छ ।

कैयन हप्तादेखि जोगिँदै आएका लब त्यागीले निकै लोकप्रिय प्रतियोगीहरुसँग नोमिनेशनमा फँसेको कारण बाहिरिनु परेको प्रतिक्रिया दिएका छन् ।

नवभारत टाइम्समा प्रकाशित समाचार अनुसार, आकाश बाहिरिनु पर्ने भएपनि उनी नोमिनेशनमा नपरेको कारण जोगिएको प्रतिक्रिया लवले दिएका छन् ।

शुरुको चरणमा निकै आक्रामक र हिंस्रक व्यवहार गरेका लव पछिल्लो दिनमा भने लोकप्रिय हुँदै गएका छन ।

लवका अनुसार, यो सिजनको विजेता भने शिल्पा सिन्दे हुनेछिन् । शिल्पाले निकै स्मार्ट खेल खेलिरहेको उनको बुझाई छ ।

घर बाहिर आएपछि उनले प्रिया, बेनाफ्सा र हिना खान आफ्ना प्रिय साथी भएको बताउँदै आकाशप्रति भने नकारात्मक प्रतिक्रिया दिए । आकाशको गलत व्यवहार आफूले सधैं सम्झिइराख्ने उनले बताए ।

अभिनेता बन्ने लक्षमा अघि बढने आफ्नो योजना रहेको समेत लवले सुनाए ।

कमेन्ट गर्नुहोस्