सुनको मूल्य घट्यो भने चाँदीको मूल्य स्थिर

काठमाडौं, पुस २४ । हिजो स्थिर रहेको सुनको भाउ सोमबार भने घटेको छ ।

सोमबार सुन तोलामा १०० रुपँयाले घटेको हो । गत पाँच दिनदेखि स्थिर रहेको चाँदीको भाउ भने सोमबार पनि स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुन प्रतितोला ५६ हजार १०० रुपैँयामा कारोवार भइरहेको छ ।

त्यस्तै नेपाली बजारमा आज चाँदी प्रतितोला ७ सय ५० रुपैँयामा कारोवार भइरहेको छ ।

हिजो सुन तोलाको ५६ हजार २०० रुपैँयामा कारोवार भएको थियो ।

कमेन्ट गर्नुहोस्