भाइरल भयो पुरुष गुप्तांग पनि गोरो बनाउने उपचारको घोषणा

काठमाडौं । बैंकक यौन पर्यटनका लागि संसार भरि प्रख्यात छ । तर हालका दिनहरूमा स्वास्थ सेवाहरूका समेत यो सहरले ख्याति कमाउँदै गइराखेको छ ।
तर यहाँ उपलब्ध स्वास्थ्य सेवाहरू रोग निवारणसम्म मात्र सीमित छैनन्। यहाँ सेवा ग्राहीहरू सौन्दर्यीकारणका निम्ति पनि आउने गर्छन् ।

सौन्दर्य भन्नाले सामान्य रूपमा अनुहार राम्रो हुनु आउँछ तर बैङ्ककको एउटा अस्पतालले भने गुप्तांग गोरो बनाउने उपचार गर्ने गरेको छ । यहाँ स्थित लिलक्स अस्पतालमा हाल प्रति महिना करिब एक सय पुरुष आफ्नो लिंग गोरो बनाउने उपचार गराउन आउने अस्पतालले जनाएको छ ।

अस्पतालले आफ्ना सेवाहरू बारे फेसबुक पेजमा पोस्ट गरेपछि योसमचार भाइरल बनेको थियो । हाल थाइल्याण्ड सरकारले यस्तो उपचार पद्धतिबाट हुन सक्ने हानि बारे चेतावनी दिएको समाचार छ । लिलक्स अस्पतालले केही महिना अघि योनी गोरो पार्ने उपचार पनि थालेको थियो ।

अस्पतालका मार्केटिंग म्यानेजर पोपोल तंसाकुलले मिडियालाई दिएको जानकारी अनुसार योनी गोरो बनाउने उपचार थालिए पछि लिंग गोरो पर्ने सेवाबारे पुरुषहरूले जिज्ञासा राख्न थाले पछि यो सेवा सुरु गरिएको हो । अन्य एसियाली देशहरूमा झैँ थाइल्याण्डमा पनि गोरो हुनु सुन्दरताको मनक मान्ने गरिन्छ ।

एक थाइमिडियाले जनाए अनुसार लिलक्स अस्पताल बडी व्हाइटनिंगका लागि चिर परिचित गन्तब्य हो । अस्पतालले व्हाइटनिंग प्रविधिको प्रयोग गरेर गुप्तांग गोरो बनाउने गरेको छ ।

अस्पतालको स्किन एंड लेजर डिपार्टमेंटकी एक म्यानेजरका अनुसार शरीरको अति संवेदनशील अंगसँग सम्बद्ध भएको हुनाले अस्पताल यस प्रकारको उपचारमा विशेष सतर्क रहने गरेको बच्छ ।

प्राप्त जानकारी अनुसार यहाँ आउने अधिकतर सेवाग्राही २२ देखि ५५ वर्ष उमेर समुहका हुने गरेका छन् ।स्किन एंड लेजर डिपार्टमेंटकी म्यानेजरले बताए अनुसार यस किसिमको उपचार गराउनेमा एलजीबीटीइ (लेस्बियन, गे, बाइसेक्सुअल्, ट्रांसजेन्डर र इन्टरसेक्स) समुदायका सदस्यहरू समेत आउने गरेका छन् ।

पोहोर साल यस अस्पतालले थ्री डी भजाइना नाम राखेर शल्य चिकित्साद्वारा योनिलाई सुन्दर पार्ने उपचार सेवा सुरु गरेको थियो जसका बारेमा केही विवाद समेत भएको थियो ।

अस्पतालले यौनांग गोरो बनाउने उपचार गराए बापत लगभग ६५ हजार नेपाली रुपैयाँ जति शुल्क लाग्ने र यो उपचार पाँच चरणमा पुरा हुने जनाएको छ ।

सोसल मिडियामा भाइरल भएपछि यसमा थुप्रै प्रतिक्रियाहरू आएका थिए । यसमा एउटा महिलाको कमेन्ट कयौं पटक रि–ट्विट गरिएको थियो ।

उनले आफुलाई लिङ्गको रङ्ग भन्दा आकारले फरक पर्ने प्रतिक्रिया दिएकी थिइन् । उता थाइल्याण्ड सरकारले यस्तो प्रकारको उपचारले गुप्तांगमा स्थायी किसिमले दाग हुन सक्ने जनाए । एजेन्सी

कमेन्ट गर्नुहोस्