टेस्ट वरियतामा माथि उक्लियो अस्ट्रेलिया, भारत हारेर पनि शीर्षमै

काठमाडौं, पुस २४ । इङ्ल्याण्ड विरुद्ध  पाँचौं र अन्तिम टेस्टमा एक पारी र एक सय २३ रनको फराकिलो अन्तरले जीत हासिल गरेपछि अस्ट्रेलिया आइसीसी टेस्ट ऱ्यांकिङ्मा दुई स्थान माथि उक्लेर तेस्रो स्थानमा पुगेको छ । यस म्याचका पराजयका साथै इङ्ल्याण्डले एक स्थान खस्केर चौथो स्थानमा चित्त बुझाउनु परेको छ ।

अस्ट्रेलियामा जारी एसेज सिरिजको पाँच म्याचको शृंखला अस्ट्रेलियाले ४-० ले आफ्नो पक्षमा पारे पछि ऊ माथि उक्लेको हो । पहिले टस जितेर ब्याटिङ् गर्न मैदानमा आएको इङ्ल्याण्डको टीमले पहिलो पारीमा तीन सय ४६ रन बनाएको थियो । जवाफमा मैदानमा उत्रेको अस्ट्रेलियाली टोलीले सात विकेटमा छ सय ४९ रनको भारी स्कोरमा पारी समाप्तिको घोषणा गरेको थियो ।

दोस्रो पारीमा साह्रै कमजोर प्रदर्शन गरेको इङ्ल्याण्डको टीम मात्र एक सय ८० रनमा अल आउट हुँदा अस्ट्रेलिया दोस्रो पटक मैदानमा उत्रिएरै विजेता भएको थियो ।

अब आइसीसी टेस्ट वरियतामा अस्ट्रेलियाको कुल अंक ९७ बाट बढेर एक सय चार पुगेको छ भने हारका साथै इङ्ल्याण्डको अंक एक सय पाँचबाट घटेर ९९ पुगेको छ ।

सम्बन्धित् समाचार  आइरन चक्की खाएपछि २४७ छात्र अस्पताल भर्ना, एकको मृत्यु

नघट्ने भारतको ऱ्यांकिङ्

अहिले टेस्ट ऱ्यांकिङ्मा  भारत एक सय २४ अंकका साथ शीर्षमा रहेको छ भने दक्षिण अफ्रीका एक सय ११ अंकका साथ दोस्रो स्थानमा रहेको छ । हाल यी दुई शीर्ष टोलीहरू बिच पनि दक्षिण अफ्रिकामा तीन टेस्ट म्याचको शृंखला जारी छ जसको पहिलो खेलमा भारत ७२ रनले पराजित भइरसकेको छ ।

विश्लेषकहरूका अनुसार भारत यो शृंखला ३-० ले हारेको खण्डमा उसको एक सय अठार दशमलव ४७ र दक्षिण अफ्रिकाको एक सय १७ दशमलव ५३ अंक पुग्नेछन् । यस अवस्थामा पनि उसको शीर्ष वरीयता कायम नै रहिरहने छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: