बिना यौन सम्पर्क नै गर्भवती हुन्छन् युवती

आज भोलि मानिसहरू बिच पहिले जस्तो अन्तरंग सम्बन्ध हुन छाडेको छ । यसका कारण विभिन्न हुन सक्छन् । एक त आज भोलि मानिसहरू भर्चुअल सम्बन्धतिर बढी आकर्षित हुने गरेका छन् अर्को सम्बन्धमा जटिलताहरूले गर्दा युवा युवतीहरू एक अर्का प्रति शङ्का उपशङ्काहरू गर्ने प्रवृत्ति पनि बढ्दै गइराखेको छ । यस्तोमा महिलाहरूले पुरुषसँग संसर्ग बिना नै बच्चा जन्माउने बाटो निकालेका छन् ।

हो, ‘भर्जिन बर्थ’ भनिने यस प्रक्रियामा टेस्ट ट्युब प्रविधि मार्फत वीर्य दाताको विर्य्का माध्यमबाट गर्भवती हुने गर्दछन् । संसारका कैयन देशहरूमा यस्ता ‘भर्जिन मदरहरूको सङ्ख्या उल्लेख्य रूपमा बढ्दो छ । आइभीएफ प्रविधिको विकासले टेस्ट ट्युबमा महिलाको अण्डाणुलाई पुरुषको वीर्यसँग निषेचित गरेर बिना यौन अनुभव नै युवतीहरूलाई आमा बन्न सक्ने अवसर प्रदान गरेको हो ।

के हो आइभीएफ ?

आइभीएफ या इन भिट्रो फर्टिलाइजेसन भनिने यस प्रक्रियामा महिलाको अण्डाशयबाट अण्डाणुहरू झिकेर तिनमा पुरुषको वीर्य मिसाएर भ्रुण तयार पारिन्छ । यसरी तयार पारिएका भ्रुणहरूलाई तीन देखि पाँच दिनसम्म परीक्षण नलीमा राखेपछि महिलाको पाठेघरमा सारिन्छ ।

सम्बन्धित् समाचार  एचआइभी संक्रमणको जोखिममा रहेकालाई निःशुल्क औषधि

संयुक्त अधिराज्यमा मात्रै २५ यस्ता महिलाहरू छन् जसको उमेर बीस वर्ष भन्दा बढी छ र पछिल्लो पाँच वर्षमा यी महिलाहरूले आमा बन्नका निम्ति आइभीएफलाई चुनेका छन् ।

स्रोत: हरिभूमि डट कम

कमेन्ट गर्नुहोस्

%d bloggers like this: