त्रिविले आव्हान गऱ्यो स्नातकोत्तर दोस्रो वर्षको परीक्षा फारम

काठमाडौँ, पुस २६  । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले स्नातकोत्तर तहको वार्षिक प्रणाली अन्तर्गत द्वितीय वर्षको परीक्षा आवेदन फारम भर्न सूचना प्रकाशित गरेको छ ।

आज प्रकाशित सूचना अनुसार २०७४ मा परीक्षा संचालन हुने स्नातकोत्तर तह दोस्रो वर्ष (पुरा) र समयावधि भित्र आंशिक परीक्षा दिने मानविकी, कानुन, व्यवस्थापन र शिक्षा शास्त्र तर्फका परीक्षार्थीहरूका लागि यो सूचना जारी गरेको हो ।

यसका अतिरिक्त २०५९ सालमा पहिलो पटक प्रथम वर्षको परिक्षा दिई, उत्तीर्ण हुन् नसकी  छ वर्ष नाघेका परीक्षार्थीहरूले समेत मौका परीक्षाका निम्ति आवेदन फारम भर्न सक्ने छन् ।

परिक्षा आवेदन फारम २०७४ माघ २९ सम्म परिक्ष नियन्त्रण कार्यालयमा आइपुग्ने गरी बुझाइसक्नु पर्ने छ ।

त्रिवि, पनिका द्वारा प्रकाशित सूचना
स्रोत: गोरखापत्र

 

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  कार्यालय खारेज भएपछि कर्मचारी अन्योलमा
%d bloggers like this: