देवराजको डान्सिङग गित ‘चन्चले नानी’ भिडियो सार्वजनिक

विराटनगर, पौष २७ । युवा गायकको फेरि अर्को पप डान्सिङग गित ‘चन्चले नानी ’ गित बजारमा आएको छ । युवाहरुको रोजाइमा रहेका नव गायक देवराज भट्टको एकपछि अर्को गितले बजारमा चर्चा कमाइरहेको छ ।

देवराज स्वयको शब्द संगीतमा रहेको गीतमा प्रकाश खड्काको छायाँकन र राजेश कुमारको सम्पादन रहेको छ भने विक्रम चौहानले निर्देशन गरेका हुन ।

गीतको अडियो, भिडियोको म्युजिक नेपालले बनाएको हो । लाखौं दर्शक र स्रोताको ढुकढुकी बनेका देवराजले यसअघि ‘धुम’ बोलको गीत बजारमा ल्याएका थिए । ‘चन्चले नानी ’को भिडियोमा देवराज, टिका जैसी, प्रकाश गुलेली कान्छाको अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्