प्रथम टंक आले स्मृति कप २०७४, वडा नं ९ फाइनलमा

मोरङ, पुस २७ । प्रथम टंक आले स्मृति कप, वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता २०७४ को पहिलो सेमिफाइनलमा वडा नं ४ लाई २-१ ले पराजित गर्दै वडा नं ९ फाइनलमा प्रवेश गरेको छ ।

खेलको १८ अौं मिनेटमा वडा नं ९ जर्सी नं ९ का दिपेश मगरले टिमलाई १-० ले अग्रता दिलाएका थिए । दोस्रो हाफको १० अौं मिनेटमा वडा नं ४ जर्सी नं १७ का यमन मगरले बराबरी गोल गरेका थिए । त्यसको ३ मिनेट पछि नै वडा नं ९ का क्याप्टेन सैगात राईले टिमको लागि विजयी गोल गरेका थिए ।

पहिलो हाफको ३ मिनेटमा वडा नं ४ जर्सी नं ६ का समीर मगरले पहेलो कार्ड पाएका थिए भने वडा नं ९ जर्सी नं १२ का सरोज मगरले पनि दोश्रो हाफको ५ मिनेटमा पहेलो कार्ड पाएका थिए । यसै गरी दोश्रो हाफकै २२ औ मिनेटमा वडा नं ९ जर्सी नं १४ का मनिष मगरले समेत पहेको कार्ड पाएका थिए ।

आजको खेलको म्यान अफ द म्याच वडा नं ४ जर्सी नं ७ का भुवन राई भए । सो म्यान अफ द म्याचको प्रायोजन एकता स्पोर्टस क्लबका उपाध्यक्ष राजु रोकाले गरेका थिए । आजको खेलको मूख्य निर्णायक मा माधव सुब्बा रहेका थिए ।

वडा नं ९ ले आगामी आइतबार फाइनलमा दोस्रो सेमिफाइनल विजेता सँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा भोलि वडा नं ५ र वडा नं २ दिउसो ३ बजे लाफा क्लबको खेल मैदान फडानीमा खेल्नेछन् । लेटाङमा हालसम्म कै सबैभन्दा ठूलो पुरस्कार राशीको प्रतियोगिता भनिएको प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार र द्वितीय हुने टोलीले। २५ हजार प्राप्त गर्नेछन् ।

नगरपालिकाका ८ वटा वडाहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल फडानी फुटबल ग्राउण्डमा पुस ३० गते हुने आयोजक क्लबका अध्यक्ष सन्तोष एक्चाईले जानकारी दिए ।

 

कमेन्ट गर्नुहोस्