राष्ट्रिय कबड्डीको उपाधी सेनालाई

बर्दिया, पुस २७ । राखेप च्याम्पियनशीप कबड्डी प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लवले हात पारेको छ ।

बर्दियाको ठाकुरबाबा नगरपालिका– १ मा आयोजित प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ आर्मीले उपाधी हात पार्न सफल भएको हो ।

पुरुषतर्फ आर्मीले पश्चिमाञ्चललाई २५ का विरुद्ध ३९ ले हराउँदा महिलातर्फ आर्मीले सुदूर पश्चिमाञ्चललाई २२ का विरुद्ध ३९ ले हरायो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी नागेश्वर थारु र आर्मीकी मेनुका राजवंशी घोषित भए । उनीहरुले नगद १५ हजारसहित प्रमाणपत्र प्राप्त गरे ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  नेपाल ६ विकेटले विजयी, एकदिवसिय मान्यता नजिक
%d bloggers like this: