केटो साथीसँग होटलमा गएर बस्दा, श्रीमान कोठामै पुगेपछि…

काठमाडौं, पुस २७ । पतिलाई धोका दिँदै केटो साथीसँग होटलमा गएर बसेकी महिलाले ढोका खोल्दा आफ्ना श्रीमानलाई अगाडि देखिन् । श्रीमतीलाई अर्कै युवकसँग यसरी रंगेहात भेटेपछि श्रीमानले १ घण्टासम्म होटलबाहिर हंगामा गरे ।

यो घटना भारतको उत्तर प्रदेश राज्यको सरहानपुरमा गएको ८ जनवरीका दिन यस्तो अप्रत्यासित घटना भएको हो । तर पतिले होटलबाहिर हंगामा मच्चाइरहदा ती पत्नीका केटा साथी भने सकुशल भाग्न सफल भए ।

हल्लाखल्ला भएपछि भीड जम्मा भयो । सूचना पाए लगत्तै प्रहरीले होटेलमा पुगेर दम्पतीलाई प्रहरी चौकीमा पुर्याए । यही बीचमा कसैले मोवाइलमा भिडियो रेकर्ड गरेका थिए ।

ृउक्त भिडियो पछिल्लो समय सामाजिक संजालमा भाइरल भइरहेको छ । ती युवतीको झण्डै १ वर्षअघि बिहे भएको बताइएको छ । बिहेको एक महिनापछि नै माइतीले पत्नीलाई लिएर गएको पति सलमानले बताएका छन् ।

सलमानका अनुसार उनकी श्रीमतीलाई उनका दाजुले गलत काम गराउँथे । त्यस दिन पनि उनी आफ्नी श्रीमती प्रेमीसँग त्यहाँ आएको थाहा पाएर पुगेका थिए ।

तर उनकी श्रीमती र उनका दाजुले आरोप सही नभएको दावी गरेका छन् । प्रहरीले घटनाको जाँच भइरहेको जनाएको छ । एजेन्सीबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: