विष्णु माझीको मर्मस्पर्शी लोक दोहोरी ‘मनको दियो’ भिडियोसहित

काठमाडौं, पौष २७ । नेपाली सांगेतिक क्षेत्रमा निरन्तर रुपमा विरही मनका यथार्थ भावहरु समेटिएका गीत गाएर चर्चाको शिखरमा रहेकी विष्णु माझी र विदेशी भुमिमा रहेर पनि नेपाली संगितको क्षेत्रमा आफनो कर्णप्रिय गित ल्याउने गायक अमृत बाबु रोकायाको सुमधुर आवाजमा स्वरबद्ध लोकदोहोरी भाका “मनको दियो ” बजारमा आएको छ ।

माया प्रेमको भावमा जिवनका ययार्थ भोगाइहरु समेटने प्रयास गरिएको छ । गायीका विष्णुमाझीको मन भित्रको बलेको दियोलाई शान्त पार्नको लागी गायक अमृतलाई उनले आग्रह गरेकी छन ।

आफनो मायालुलाई विदाई गर्दाको यर्थाथ चित्रण गरिएको छ । विदेशी एको आफनो प्राण प्यारो जिवनसाथीलाई मुल बाटो कुर्दाको भावहरु गितको भिडियोमा देख्न सकिन्छ ।

बावु खड्काको उत्कृष्ट शब्द, बावु खड्का र राज विश्वकर्माको उत्कृष्ट संगित संयोजनमा विरहीका भावहरुलाई आफनै पनको आभास दिने शब्दका मनका सिर्जनशिल भावहरु भिडियोमा रहेको छ ।

सुरेश श्रेष्ठको छायाँकन , अमर शाक्यको सम्पादन , कपील लामाको निर्देशन , विमल अधिकारी र अञ्जिली अधिकारीको अभिनय मनको दियोमा रहेको छ ।

कमेन्ट गर्नुहोस्