फ्रान्सेली बहुराष्ट्रिय कम्पनीले रामदेवको पतंजलि ऊध्योगमा लगानी गर्ने

पुस २७, नयाँ दिल्ली (भारत) । फ्रान्सेली बहुराष्ट्रिय लक्जरी गुड्ज निर्माता कम्पनी एलभीएमएचले पतञ्जली आयुर्वेद लिमिटेडमा लगानी गर्ने इच्छा देखाएको छ ।

‘लगानीको कुनै मोडल पत्ता लगाउन पाए बाबा रामदेवको कम्पनीसँग मिलेर काम गर्न हामी निकै खुशी हुने थियौ’ एल क्याटर्टन एशियाका व्यवस्थापक साझेदार रवि थाकरणले भने । एल क्याटर्टन एलभीएमएचको स्वामित्वमा रहेको निजी इक्विटी कोष हो ।

रामदेवले भने विदेशी कम्पनी र लगानिको विरोध गर्ने गरेका छन ।

पतञ्जली आयुर्वेदको हिस्सा किन्न पाए ५० करोड डलरसम्म लगानी गर्न तयार रहेको कोषले बताएको छ । हालैका केही वर्षमै पतञ्जली आयुर्वेदले भारतमा बलियो स्थान बनाइसकेका ठूला र बहुराष्ट्रिय एफएमसीजी कम्पनीलाई उछिनेर सबैभन्दा ठूलो एफएमसीजी कम्पनी बनेको छ । कम्पनीको यस सफलताले हिन्दुस्तान यूनिलिभर, कोलगेट पाल्मोलिभ र डाबर जस्ता बहुराष्ट्रिय र स्थानीय प्रतिस्पर्धीहरु समेत आप्mनै आयुर्वेदिक पोर्टफोलियो विस्तार गर्न बाध्य बनेका थिए ।

पतञ्जलीसँग विश्व बजारमा जान र टिक्न सक्ने सम्भावना समेत भएकोमा थाकरणले जोड दिएका छन् । यसले अमेरिका, जापान, चीन, दक्षिण कोरिया र यूरोपेली बजारमा समेत आप्mना उत्पादन बेच्न सक्ने र यसका लागि एल काटर्टन समूहले कम्पनीलाई मद्दत गर्न सक्ने उनको भनाई छ । पतञ्जलीलाई व्यवसाय विस्तारका लागि रकम चाहिएको भएपनि कम्पनीमा हिस्सा किन्न एल काटर्टनका लागि सम्भव भने छैन ।

सम्बन्धित् समाचार  माछापुच्छ्रेको बजेट ४५ करोड

कम्पनीका कार्यकारी अधिकृत आचार्य बालकृष्णले पनि कम्पनीले इक्विटी डिल्यूट गर्न नखोजेको तर ५० अर्ब रुपया बराबरको कर्जा भारुमा बैङ्कहरुले दिने भन्दा थोरै ब्याजदमा चाहिएको बताएका थिए । यसका लागि शेयर कसैलाई पनि नबेचिनेमा बालकृष्णले जोड दिएका छन् । यद्यपि, एल काटर्टनसँग वार्ता गर्न आपूm तयार रहेको उनले बताएका छन् ।

एल काटर्टन एशियासँग करीब १ अर्ब २५ करोड डलर बराबरको कोष छ । यसले प्रति कम्पनी १० करोडदेखि २० करोड मात्रै लगानी गर्ने गरेको छ । तर पतञ्जलीमा भने ५० करोडसम्म लगानी गर्न कम्पनी तयार देखिएको छ । पतञ्जलीको वर्तमान बजार पूँजीकरण ५ अर्ब डलरसम्म हुन सक्ने अनुमान एल काटर्टनले गरेको छ । एजेन्सी

कमेन्ट गर्नुहोस्

%d bloggers like this: