यी हुन् सर्वाधिक औसत मुनाफा कमाउने स्मार्ट फोन कम्पनी

आजभोलि मोबाइल फोन निर्माता कम्पनीहरूले हरेक दिन जसो नयाँ नयाँ विशेषताका मोबाइल बजारमा ल्याइरहेका छन् जसले उपभोक्ताहरूमा छिटो छिटो मोबाइल फोन फेर्ने बानी पर्न थालेको छ । यसले गर्दा मोबाइल ह्याण्ड सेट निर्माता कम्पनीहरू अकुत मुनाफा कमाउन सफल भएका छन् । प्रति ह्याण्ड सेट औसत मुनाफाको दृष्टिले सन् २०१७ को तेस्रो त्रैमासिकको विवरण सार्वजनिक भइसकेको छ ।  हेरौं को रहेछन् यस अवधिमा सर्वाधिक औसत मुनाफा लिइरहेका मोबाइल कम्पनीहरू ।

एप्पल:

एप्पलको लोकप्रिय ब्राण्ड आइफोनलाई स्ट्याटस सिम्बोलकै रुपमा लिइन्छ । यसका ह्याण्डसेट महँगा भएकाले थोरै सङ्ख्यामा बिक्री हुँदा पनि कम्पनीले उल्लेख्य मुनाफा कमाउन सकिरहेको छ । एक किसिमले मोबाइल फोनको व्यापारमा एप्पल कम्पनीको एक छत्र राज चल्छ भन्दा फरक पर्दैन । सन् २०१७ तेस्रो त्रैमासिकमा पनि मोबाइल ह्याण्डसेट बिक्रीबाट आएको कुल औसत मुनाफाको ६० प्रतिशत हिस्सा एप्पलको खातामा गएको छ । हुन त पछिल्लो वर्षको यसै अवधिमा एप्पल कुल कमाइको ८६ प्रतिशत हिस्सा कुम्ल्याउन सफल भएको थियो । तर बजार विश्लेषकहरूले भने अनुसार यो एप्पलको आफ्नो स्थितिमा सुधारले भन्दा पनि सामसंगको महत्वाकांक्षी फ्ल्याग सिप उत्पाद सामसंग ग्यालेक्सी नोट सेभेनले गरेको खराब प्रदर्शनका कारण भएको थियो । उसलाई प्रति ह्याण्ड सेट बिक्रीबाट औसतमा एक सय ५१ डलर मुनाफा प्राप्त गरेको छ ।

सामसंग:

वर्षको तेस्रो त्रैमासिकमा दक्षिण कोरियाली ब्राण्ड सामसंग मुनाफामा २६ प्रतिशत हिस्सेदारी सहित दोस्रो स्थानमा रहेको छ । पछिल्लो वर्ष ग्यालेक्सी नोट सेभेनका कारण ठुलो क्षति बेहोर्नु परेको सामसंगलाई यस वर्ष सार्वजनिक भएको ग्यालेक्सी नोट एट सिरिजले ठुलो सफलता दिलाएको थियो । तर प्रति एकाइ औसत मुनाफाको दृष्टिले भने सामसंग ३१ डलरका साथ लगभग पांच गुना पछाडि रहेर दोस्रो स्थानमा रहेको छ ।

हुवावे:

चिनियाँ कम्पनी हुवावे स्मार्ट फोन बिक्रीका मामिलामा गत सेप्टेम्बरमै एप्पललाई पछि पार्दै दोस्रो स्थानमा पुगिसकेको छ । तर तुलनात्मक रुपमा एप्पल भन्दा सस्ता ह्याण्ड सेट उत्पादन गर्ने भएकाले हुवावेको प्रति एकाइ मुनाफामा हिस्सेदारी भने तेस्रो स्थानमा रहेको छ । उसले प्रति एकाइ औसत १५ डलर मुनाफा कमाएको थियो ।

ओप्पो:

चिनियाँ कम्पनी ओप्पोको प्रति एकाइ औसत मुनाफा १४ डलर रहेको जनाइएको छ ।

भिभो:

भिभो पनि चिनियाँ ब्राण्ड हो । यसको औसत प्रति एकाइ मुनाफा १३ डलर रहेको छ ।

कमेन्ट गर्नुहोस्