OMG! बिहेकै दिन बच्चा जन्माइन यी युवतीले

कुनै युवतीले आफ्नो बिहेकै दिन बच्चा जन्माएको कुरा पत्त्यार गर्न सकिन्न तर बेलायतमा चाहीँ हालै यस्तै भएको छ ।

एकजना बेहुलीले आफ्नो बिहेकै दिन बिहेको पहिरनमा अस्पताल गएर छोरी पाएकी छिन ।

बिहेमा आएका पाहुना टवाँ परे ।

वेष्ट मिडल्याण्डमा बस्ने १९ वर्षकी डेनी माउन्टफोर्डको विवाह १८ वर्षका कार्ल नामक युवकसँग भैरहेको थियो । डेनी र कार्ल केही वर्षदेखि सम्बन्धमा थिए ।

बिहेको समारोह सम्पन्न भएसँगै प्रीतिभोज चलिरहेको थियो । उक्त रिसेप्सनमा नाच्दा नाच्दै अचानक डेनीको पेट दुख्न सुरु भयो र बेहुली गाउनमै उनलाई अस्पताल लगियो । बेहुला कार्ल पनि उनीसँगै अस्पताल गए । पाहुनाहरु भने रिसेप्सनमै मग्न थिए । भोज चलिरहेकै बेलामा खबर आयो की नव बेहुली डेनीले बच्चा जन्माइन् । अनि बिहेकै दिन डेनी रर कार्ल बाउआमा बने ।

गत डिसेम्बर १८ को घटना हो यो । डेनी ९ महिनाकी गर्भवती थिइन् । उनको लागि जनवरी महिनाको डेलिभरी डेट दिइएको थियो । त्यसैले उनीहरुले डिसेम्बर महिनामै बिहे गर्ने निधो गरे । तर डाक्टरले दिएको भन्दा छिटो उनी सुत्केरी भइन् र बिहेको दिनमै छोरी पाएर किर्तिमान राखिन् ।

सम्बन्धित् समाचार  स्वयम्बरको औंठी भ्यागुताले निलेपछि...

अब यो जोडीले आफ्नो एनिभर्सरी र बच्चाको बर्थडे सँगै मनाउनेछ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: