उडानमै झगडा गरेपछि दुवै पाइलटको जागिर चट्

नयाँ दिल्ली, २८ पुस । उडानका दौरान ककपिट भित्रै बाझाबाझ गरेपछि एउटा भारतीय वायुसेवा कम्पनीका दुई वटा पाइलटले जागिर गुमाएका छन् । युएसए टुडेले जनाए अनुसार नयाँ वर्षको दिन भारतीय उड्डयन कम्पनी जेट एयरवेजको लण्डनदेखि मुम्बईको उडानका दौरान मुख्य पाइलटले को-पाइलटलाई थप्पड हानेपछि ती दुइ बिच विवाद भएको थियो ।

कम्पनीले यस घट्नामा तत्काल प्रतिक्रिया जनाउँदै छानबिन सुरु गरेको थियो । भारतीय मिडियाहरूले प्रकाशित गरेको समाचार अनुसार ककपिट भित्र कुनै कुरामा विवाद भएपछि पाइलटले महिला को-पाइलट ]लाई थप्पड हानेपछि उनी रुँदै बाहिर निस्केकी थिइन् र केही बेर फर्किन अस्विकार गरेकी थिइनन् । .

कम्पनीले यस सन्दर्भमा थप विवरण दिन नमानेको समाचारहरूमा उल्लेख गरिएको छ ।उक्त  उडानका क्रममा जहाज भित्र तीन सय २४ यात्रु र १४ जना चालकदलका सदस्यहरू रहेको सूचना प्राप्त भएको छ ।

कमेन्ट गर्नुहोस्