प्रचण्ड फेरि ‘किङमेकर’ !

भीम जिम्बा/

काठमाडौँ । दोस्रो संविधानसभाको निर्वाचनपछि तत्कालीन एकीकृत नेकपा माओवादी) तेस्रो दलमा बढारिएपछि धेरैको अड्कल थियो, अब नेपाली राजनीतिमा प्रचण्डको हस्तक्षेपकारी भूमिका कमजोर बन्छ । तर मुलुकको तेस्रो राजनीतिक दलको अध्यक्षको भूमिकामा रहँदा धेरै राजनीतिक निर्णयहरुमा प्रचण्डको भूमिका निर्णायक रह्यो । दोस्रो संविधानसभाको निर्वाचनपछि बनेको सबै सरकारमा प्रचण्डले ‘किङमेकर’ को रुपमा उदाए ।

नयाँ सरकार गठन लगायतका विषय ‘किङमेकर’ को भूमिकामा देखिएका प्रचण्ड भने वाम गबठन्धनबाट बाहिरबाट प्रधानमन्त्री बन्ने मुडमा छैनन् । सार्वजनिक रुपमै उनले आफू वाम गठबन्धनभन्दा बाहिरबाट प्रधानमन्त्री नबन्ने घोषणा गरिसकेका छन् ।

हालै सम्पन्न आम निर्वाचनबाट पनि माओवादी केन्द्र तेस्रो दलमा सीमित रह्यो । माओवादी केन्द्रको ‘पोजिसन’ तेस्रो दलमै सीमित रहे पछि नेपाली राजनीतिमा प्रचण्डलाई फेरि ‘किङमेकर’ को रुपमा व्याख्या/विश्लेषण गर्न थालेको छ ।

प्रचण्डले अहिले एमाले अध्यक्ष केपी ओलीलाई प्रस्ताव गर्दै प्रधानमन्त्री बनाउने लगभग पक्का छ । वाम गठबन्धन बनाएर चुनावमा होमिएका माओवादी केन्द्र र नेकपा एमालेकै सरकार बन्नेमा विपक्षी दलहरुले पनि बिमत्ति राखेको छैन । 

सम्बन्धित् समाचार  कार्यदल सहमति नजिक, माआेवादीले ५६ साँसद पाउने

तर कार्यकारी पद विभाजनको सन्दर्भमा भने एमाले–माओवादीबीच अहिले आन्तरिक विवाद छ । निर्वाचनमा जानुपूर्व एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री र प्रचण्ड एकीकृत पार्टीको अध्यक्ष हुने सहमति भएको माओवादी नेताहरु बताइरहेका छन् ।एमालेले पूर्वसहमतिलाई पालना नगरेको खण्डमा नयाँ सरकार गठनका सन्दर्भमा प्रचण्डको भूमिका निर्णायक हुने देखिन्छ । यता, नेपाली कांग्रेसले पनि प्रचण्डलाई प्रधानमन्त्री दिएर आफ्नो गठबन्धनमा ल्याउने गृहकार्य अगाडि बढाइरहेको छ ।

कांग्रसलाई पनि सकेसम्म सहमतिका साथ अगाडि लिएर बढ्नुपर्नेमा प्रचण्डले जोड दिँदै आएका छन् ।

वाम गठबन्धनबीच पार्टी एकीकरणमा ढिलासुस्ती भईरहेका बेला कांग्रेसका केही नेता प्रचण्ड निकटका नेतासँग नयाँ सरकार गठनमा तालमेल गर्ने गृहकार्यमा जुटेका छन् । कांग्रेसले शान्ति प्रक्रियाको बाँकी काम एमालेसँगको एकताले पुरा नहुने भन्दै वाम गठबन्धन विभाजन गर्ने खेलमा लागेको बताइएको छ । कांग्रसलाई पनि सकेसम्म सहमतिका साथ अगाडि लिएर बढ्नुपर्नेमा प्रचण्डले जोड दिँदै आएका छन् ।

त्यस्तै, एमाले–माओवादी पार्टी एकताका लागि गृहकार्यमा जुटिरहँदा मधेसवादी दल प्रचण्डलाई फकाउन लागेका छन् । वाम गबठन्धनबाट प्रचण्डलाई फुटाएर नयाँ सरकार गठनका लागि कांग्रेस र मधेसवादी दल प्रचण्डलाई फकाउन व्यस्त छन् ।

सम्बन्धित् समाचार  दुई वर्षभित्र खाद्यान्नमा आत्मनिर्भर: वामगठबन्धन

नयाँ सरकार गठन लगायतका विषय ‘किङमेकर’ को भूमिकामा देखिएका प्रचण्ड भने वाम गबठन्धनबाट बाहिरबाट प्रधानमन्त्री बन्ने मुडमा छैनन् । सार्वजनिक रुपमै उनले आफू वाम गठबन्धनभन्दा बाहिरबाट प्रधानमन्त्री नबन्ने घोषणा गरिसकेका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: