खतरनाक हुनसक्छ राती बढी पसीना आउनु, ध्यान दिनुस् यी कुरा

काठमाडौं, त्यसो त पसीना आउनु सामान्य कुरा नै हो । हरेक मानिसपिच्छे पसीना आउने कुरा पनि फरक फरक हुन्छ ।

तर कतिपय बेला पसीना आउनु गम्भीर प्रकृतिको रोगको संकेत पनि हुनसक्छ । नियमित र स्वभाविक पसीना आउँदैन भने यसलाई त्यसै उपेक्षा गर्न भने मिल्दैन ।

कतिपय व्यक्तिहरुलाई राती निकै बढी पसीना आउने हुनसक्छ । यो सामान्य मानिँदैन । तपाई यो खबर एभरेष्टदैनिकडटकममा पढ्दै हुनुहुन्छ । यसरी पसीना आएको खण्डमा यसको कारण पत्ता लगाउर चिकित्सकसँग छलफल गर्नु जरुरी हुन्छ ।

किन आउँछ त पसीना ?

पसीना आउने कतिपय कारणहरु यसप्रकार छन् ।

क्षयरोग

क्षयरोगबाट प्रभावित केही मानिसहरुमा राती पसीना आउनसक्छ । त्यसैले अत्यधिक पसीना आउने अवस्थामा क्षयरोग हुनसक्छ । त्यसैले यस्तो भएमा क्षयरोगको परीक्षण गर्ने अथवा चिकित्सकसँग सल्लाह लिनुपर्छ ।

इन्फेक्सन

केही मानिसहरुमा व्याक्टेरियाको इन्फेक्सनको कारण राती पसीना आउन सक्छ । यसमा मुटुको भल्भ सुन्निनु, हाडहरुसँग जोडिएका संक्रमणका साथै एचआईभी संक्रमण पनि हुनसक्छ । यस्तो भएमा तत्काल चिकित्सकसँग सल्लाह लिनु पर्छ ।

सम्बन्धित् समाचार  किन देखिन्छ शरीरमा मुसा, के खतरा हुन्छ यसले ?

हाइपोग्लाइसिमिया

शरीरमा ब्लड ग्लुकोज कम भएमा पनि पसीना आउँछ । इन्सुलिन या ओरल एन्टिबायोटिक औषधीहरु लिने मानिसहरुमो राती पसीना आउनुका साथै हाइपोग्लासिमियिाको समस्या पनि हुनसक्छ ।

क्यान्सर

राती पसिना आउनुलाई क्यान्सरको प्रारम्भिक लक्षणका रुपमा पनि लिइन्छ । यो खासगरी फोक्सोजन्य क्यान्सरमा बढी देखिन्छ । त्यसो त तौल घटनु र ज्वरो आउनु पन िक्यान्सरको लक्षण हुनसक्छ ।

औषधीहरु कोसेवनका कारण

कतिपय मानसिक तनाव क मगर्ने औषधी या डिप्रेसनका औषधीहरुका कारण पनि राती अत्यधिक पसीना आउने गर्दछ । एस्प्रिनि, एसितोमिनोफन जस्ता औषधीमा पनि पसीना आउने गर्दछ।

हर्मोनमा असन्तुलन

शरीरका हर्मोनमा हुने असन्तुलनका कारण पनि पसीना आउनसक्छ । खासगरी कार्सिनाइड सिन्ड्रोम, फियोक्रामोसाइटोम जस्ता अवस्थामा पसीना आउने गर्छ ।

मेनोपजः

महिलाहरुमा एउटा निश्चित उमेरपछि महिनावारी रोकिन्छ । यतिखेरको अवस्थालाई मेनोपज भनिन्छ । यो बेला पनि हर्मोनमा आउने परिवर्तनका कारण पसीना आउन सक्छ । त्यसैले चिकित्सकसँग सल्लाह लिनुपर्छ ।

आइडियोप्याथिक हाइपरहाइड्रोसिस

कैयन् घटनामा राती पसिना आउने कुराको खासै कारण देखिदैन । यसलाई आइडियोप्याथिक हाइपरहाइड्रोसिस भनिन्छ । यो अवस्थामा कुनै कारण बिना नै शरीरमा पसीना आउँछ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: