फरवार्ड माइक्रोफाइनान्सले दिने भयो ६५ प्रतिशत लाभांश दिने

काठमाडौं, पुस २८ । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले आफ्ना सेयरधनीलाई ६५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले ५० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश दिने भएको हो ।

माइक्रोफाइनान्सको बिहीबार बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको बताइएको छ । हाल माइक्रोफाइनान्सको चुक्ता पुँजी २० करोड रुपैयाँ रहेको छ ।
यही चुक्ता पुँजीको ५० प्रतिशत बोनस दिन लागिएको हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा माइक्रोफाइनान्सले ६ करोड ७८ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । फरवार्डको रिजर्भ कोषमा ६६ करोड ७६ लाख १६ हजार रुपैयाँ छ ।

पहिलो त्रैमासिकको रिपोर्ट अनुसार कम्पनीको प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ९२ पैसा र प्रतिसेयर नेटवर्थ भने ४३३ रुपैयाँ ८१ पैसा छ । वार्षिक हिसाब हिसाब गर्दा भने प्रतिसेयर आम्दानी निकै राम्रो हुने दखिएको छ ।

कमेन्ट गर्नुहोस्