वामगठबन्धनको कार्यदलकाे प्राथमिकतामा उम्मेदवार चयन

काठमाडौं, पुस २८ । राष्ट्रियसभा निर्वाचन, प्रदेशसभा र प्रदेश सरकार गठन लगायत विषयमा साझा धारणा बनाउन गठित वाम गठबन्धनको कार्यदल गहन छलफलमा जुटेको छ ।

सिंहदरबारमा शुक्रबार बसेको कार्यदल बैठकले प्राथमिकताका आधारमा काम गर्दै अघि बढ्ने निर्णय गरेको कार्यदलका एक सदस्यले बताए । कार्यदलले प्राथमिकताका आधारमा प्रतिवेदन तयार बनाएर एकता संयोजन समितिलाई बुझाउँदै अघि बढ्ने निर्णय गरेको बताइएको छ ।

निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेकाले सो निर्वाचनका लागि उम्मेदवार चयन पहिलो प्राथमिकतामा राखेर छलफल भएको छ ।

वामगठवन्धनको एकता संयोजन समितिले राष्ट्रिय सभाका लागि साझा उम्मेदवार चयन, प्रदेश सरकार गठन, मुकाम तोक्ने विषयमा साझा धारणा बनाउने कार्यादेशसहित एकता संयोजन समितिले गएको पुस २५गते दुबै पार्टीबाट ३र३ सदस्य रहेको कार्यदल बनाएको थियो ।

एकता प्रक्रियामा रहेका एमाले र माओवादी शीर्ष नेताहरुले एकता प्रक्रियालाई अन्तिम चरणमा रहेको दावी गर्दै वाम सरकार गठनअघि नै पार्टी एकता हुने बताएका छन् ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  पार्टी एकता वैशाख ९ गते र मन्त्रिपरिषदले पूर्णता चैत्र पहिलो साता : भट्टराई
%d bloggers like this: