बारले भन्यो– अनुकुल फैसला नआउँदैमा प्रधानन्यायाधीशको राजीनामा माग्नु र लान्छना लगाउनु गलत

काठमाडौं, पुस २८। नेपाल बार एशोसिएसनले आमरण अनसन बसेर न्यायालयमाथि दबाव नदिन डा. गोविन्द केसीलाई आग्रह गरेको छ । साथै बारले केसी प्रकरणमा प्रधानन्यायाधी गोपाल पराजुलीको बचाउ समेत गरेको छ ।

शुक्रबार पछिल्लो समय न्यायालयसँग जोडिएर आएका विभिन्न प्रकरणका बारेमा आफ्नो औपचारिक धारणा बनाउन बसेको नेपाल बार एशोसिएसनको बैठकले चिकित्सा शिक्षा, चिकित्सा क्षेत्र र न्यायालयको शुद्धिकरणको माग राख्दै आमरण अनशनमा बसेको त्रिविका वरिष्ठ चिकित्सक केसीसँग यस्तो आग्रह गरेको हो ।

डा केसी पछिल्लो समय गएको सोमबार सर्वोच्चका प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामाको माग गर्दै आमरण अनशन बसेपछि सोही दिन अदालतको अवहेलना मुद्दामा उनलाई पक्राउ गरी प्रहरी हिरासतमा राखिएको थियो ।

तर मंगलबार र बुधबारको अदालती कारबाहीपछि बुधबार साँझ डा केसीलाई साधारण तारेखमा छोड्न आदेश भएको थियो भने प्रधानन्यायाधीश पराजुलीका शैक्षिक प्रमाणपत्र र दुईवटा नागरिकता अदालतमा झिकाउने निर्णय भएको थियो ।

बार बैठकले आफ्नो अनुकुल फैसला नआउँदैमा प्रधानन्यायाधीशको राजीनामा माग्नु र व्यक्तिगत लान्छना लगाउनु गलत भएको बताएको छ ।

कमेन्ट गर्नुहोस्