चिसोबाट एकै गाउँका पाँच जनाको मृत्यु

बाजुरा, पुस २८ । अत्यधिक चिसोको कारण देशभरको जनजविन कष्टकर बनेको छ । लामो समयसम्म घाम नलाग्दा, चिसो सिरेटो र शीतलहरका कारण बालबालिका, बृद्धबृद्धा र असक्तलाई निकै गाह्रो भएको छ ।

चिसो बढेसंगै फैलिएको रुघा र ज्वरोका कारण बाजुराको जगन्नाथ गाउँपालिकाको हुनी गाउँमा पाँच जनाको मृत्यु भएको छ । जगन्नाथ २ हुनी कि ६० वर्षीया थुपा नाथ, ५५ वर्षीय कर्ण शाही, ७२ वर्षीय मन बिष्ट, ३६ वर्षीया सुपारी बिष्ट र ६७ वर्षीया बना बिष्टको मृत्यु भएको बताइएको छ ।

चिसो बढेपछि दुई सातायता घरैपिच्छे रुघा र ज्वरोबाट बिरामी परेका गाउँपालिकाका निमित्त कार्यकारी प्रमुख रामदत्त न्यौपानेले जानकारी दिए । भाइरल भएको अनुमान गरिएपनि कारण भने यकिन भई नसकेको जिल्ला जनस्वास्थ्य अधिकृत रमेश कुँवरले बताए । उनले भायरल भनिए पनि पुष्टि भइनसकेको बताए ।

प्रभावित क्षेत्रमा उपचारका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट स्वास्थ्यकर्मीहरुको टोली परिचालन गरिएको कार्यालयले जनाएको छ ।

जिल्लाभर नै चिसो बढेका कारण हाल अन्य क्षेत्रमा समेत श्वासप्रश्वास र रुघाखोकी, ज्वरोका विरामी बढेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: