पछिल्लो वर्षको सुपर हिट बायोपिक ‘एमएस धोनी: द अनटोल्ड स्टोरी’ फेम सुशान्त सिंह राजपूत एउटा फेयरनेस क्रीमको १५ करोड पारिश्रमिक वाला विज्ञापन अस्वीकार गरेर चर्चामा छन् ।

बलिउड कलाकारहरू विज्ञापनबाट पनि ठुलो कमाइ गर्ने गर्दछन् । पैसाकै निम्ति बलिउड कलाकारहरू जस्तो सुकै सामग्रीको पनि विज्ञापन गर्न राजी हुन्छन् । र कतिपय अवस्थामा उनीहरू आलोचनाको शिकार पनि हुने गर्दछन् ।

बलिउड कलाकारहरूको यस्तै एउटा आलोचना पछिल्लो वर्ष पल्ट अभय देओलले गरेका थिए । जसले समग्र बलिउडमै एउटा बहस छेडिएको थियो । उनले बलिउड सेलिब्रिटीहरू अनुहार गोरो पार्ने क्रीमको प्रचारमा लागेको भनेर व्यंग्यात्मक टिप्पणी गरेका थिए । सुशान्त आहे यसै अभियानका समर्थनमा लागे जस्ता देखिएका छन् ।

यस्ता उत्पादनहरूको प्रवर्द्धनले समाजमा गलत सन्देश जाने भन्दै सुशान्तले यस्तो अफर अस्वीकार गरेको बताएका छन् ।
पछिल्लो पटक ‘राबता’मा देखिएका सुशान्त सिंह ‘ड्राइभ’ र ‘चन्दा मामा दूर के’को सुटिङमा व्यस्त छन् ।

उनी र सैफ अली खानकी छोरी सारा अली खान अभिनित चलचित्र ‘केदारनाथ’ प्रदर्शन को तयारीमा छ ।

कमेन्ट गर्नुहोस्