जाजरकोटको महामारी नियन्त्रणका लागि चिकित्सक टोली लिएर माओवादी नेता बस्नेत जादैं

काठमाडौं, पुस २८ । विगत केही दिनदेखि जाजरकोटमा फैलिएको महामारी न्युनिकरणका लागि सक्रिय भएर जुट्न नेकपा माओवादी केन्द्रका नेता एवं नर्वनिर्वाचित सांसद शक्तिबहादुर बस्नेतले सबैलाई अपिल गरेका छन् ।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा सन्देश लेख्दै पूर्वगृहमन्त्रीसमेत रहेका माओवादी नेता बस्नेतले शनिबार चिकित्सक टोलीसहित आफू जाजरकोट जाने बताएका छन् । र जिल्लाका सबै सरकारी एवं गैरसरकारी निकायदेखि व्यक्तिगत रुपमा पनि सबैले आ–आफ्नो क्षेत्रबाट यथासक्य सहयोग गरी महामारी न्युनिकरणमा योगदान गर्न अपिल गरेका छन् ।

जाजरकोटमा केही दिनदेखि फैलिएको मौसमी रुघाखोकी प्रकोपले महामारीको रुपमा लिएको छ । जसका कारण धेरैले ज्यान गुमाइसकेका छन् भने कैयौं प्रभावित भएका छन् । जिल्लास्तरमा स्वास्थ्यकर्मीहरु खटिए पनि त्यो अहिले पनि नियन्त्रण बाहिर छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  यस कारण भयो कांग्रेस दोस्रो पार्टी
%d bloggers like this: