सरकारले तत्काल सत्ता हस्तान्तरण गर्नुपर्छ : डा महत

काठमाडौं, पुस २८ । नेपाली काँग्रेसका नेता डा रामशरण महतले सरकारले चाँडो प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्नुपर्ने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको साक्षात्कारमा उहाँले भन्नुभयो, “सरकारले संविधानमा भएका अप्ठ्यारालाई तत्काल समाधान गरी सत्ता हस्तान्तरण गर्नुपर्छ, ।”

डा महतले सर्वोच्च अदालत र प्रा डा गोविन्द केसीबीच भएको विवाद कानूनसम्मत समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

नेकपा एमालेका सचिव योगेश भट्टराईले वाम गठबन्धनलाई जनताले बहुमत दिएकाले नयाँ सरकार गठनका लागि सरकारले चाँडो मार्गप्रशस्त गर्नुपर्ने बताउनुभयो ।

“निर्वाचन आयोगले समानुपातिकको नतिजा सार्वजनिक नगरेर नाटक मञ्चन गरिरहेको छ, संवैधानिक निकाय पदीय जिम्मेवारीमा बस्नुपर्छ,”, उहाँले भन्नुभयो ।
नेकपा माओवादी केन्द्रका नेता दीनानाथ शर्माले निर्वाचन आयोग र सरकारले नयाँ सरकार गठन गर्ने बाटो खोल्नुपर्ने बताउनुभयो । “बहुमत प्राप्त दललाई नयाँ सरकार गठन गर्ने बाटो खुला गर्नुपर्छ,”, उहाँले भन्नुभयो ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  ‘अबको ५० वर्ष वामपन्थी सरकार’
%d bloggers like this: