भाेलिदेखि काठमाडौंमा ‘विश्व शान्ति युवा सम्मेलन’

काठमाडौं, पुस २८ । ‘विश्व शान्ति युवा सम्मेलन–२०१८’ भोलिबाट राजधानीमा सुरु हुने भएको छ । सम्मेलन दुईसम्म चल्ने आयोजकले बताइएको छ ।

दुईदिनेसम्म चल्ने ‘विश्व शान्ति युवा सम्मेलन–२०१८’को सम्पूर्ण तयारी पूरा भएको आयोजक युवा सदन नेपालले जनाएको छ । सम्मेलन राष्ट्रिय सभागृह र पर्यटन बोर्डको सभाहलमा एकसाथ सुरु हुने जनाएको छ ।

सम्मेलनमा ६० देशका एक सय ७० भन्दा बढी प्रतिनिधि सहभागी हुने युवा सदन नेपालका अध्यक्ष दिवाकर अर्यालले जानकारी दिए । उनका अनुसार सम्मेलनमा विश्व भातृत्व, अन्तर्राष्ट्रिय सह–सम्बन्ध, युवा विकासका साझा पहलकदमी, नेपालको शान्ति तथा सुरक्षा प्रत्याभूतिलगायतका विषयमा कार्ययोजना प्रस्तुत तथा कार्यन्वयनका लागि पहल गरिनेछ ।

सम्मेलनमा नेपालस्थित विभिन्न कुटनीतिक नियोगका प्रतिनिधि, सार्क राष्ट्रका प्रतिनिधि, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, संयुक्त राष्ट्रसंघ र नेपाल सरकारका उ
च्च पदस्थ व्यक्तित्वहरुले कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

सम्मेलनमा दाता बैठक, ६ ओटा बिषयमा कार्यपत्र प्रस्तुत, बृहत् सांस्कृतिक कार्यक्रम, अवार्ड वितरणलगायतका कार्यक्रमसहित आइतबार ‘काठमाण्डौं घोषणापत्र’ जारी गर्दै सम्पन्न हुने बताइएको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  कप्तान पारस खड्का वर्षको उत्कृष्ट खेलाडी
%d bloggers like this: