प्रधानमन्त्री भए प्लेन चार्टड गरेर युकेका डाक्टर फर्काउँछु- योगेश भट्टराई

एमाले सचिव तथा नवनिर्वाचित सांसद योगेश भट्टराईले राज्यले छात्रबृत्तिमा पढाएका जनशक्तिबाट लाभ लिन सक्नुपर्ने बताएका छन् । उच्च माध्यमिक शिक्षक एशोसियसन (हिस्टान)ले शुक्रवार आयोजना गरेको कार्यक्रममा सरकारले दिएको छात्रबृत्ति र आफैले गरेको लगानीबाट डाक्टरलगायतका जनशक्ति विदेशिएको र उनीहरुलाई फर्काउनुपर्ने बताए ।

नेपालले लगानी गर्ने र योग्य जनशक्ति विदेशले प्रयोग गरिरहेको बताए । कार्यक्रममा भट्टराईले वेलायतमा गएको बेला आफूले धेरै नेपालीहरुले विशेषज्ञ डाक्टर काम गरिरहेको पाएको र नेपालीहरुले समेत त्यसैलाई गौरवको विषय बनाउने गरेको बताए । उनले भने, ‘राज्यको पैसाबाट पढेका डाक्टर विदेशमा छन्, म प्रधानमन्त्री भए प्लेन चार्टड गरेर युकेका डाक्टर फर्काउँछु ।’ आफ्नै लगानीमा पढेर विदेशिएकाहरुलाई राज्यले बाध्यकारी बनाउन नसकेपनि राज्यले लाखौं खर्चेर पढाएकालाई नेपालकै सेवामा जिम्मेवार बनाउन सकिने उनले बताए ।

चुनावमा चन्दा दिएर दलाली गरे

एमाले सचिव भट्टराईले सार्वजनिक संस्थाको विकल्प नीजि संस्था कहिल्यै पनि नहुने बताए । नेपाल विदेशीको प्रयोगशाला भएको भन्दै अब त्यसो हुन नसक्ने बताए । कार्यक्रममा उनले नेपालमा कन्सल्टेन्टको रुपमा आउने र योजनाविद् र अरुको दिमाग भुट्ने गरेको आयोप लगाए । नेपालमा सरकारले सबैलाई समन्वय गर्ने हो लगानी गर्ने होइन भन्ने सुझाव दिने गरेको र यसको असर देखिएको बताए । उनले भने, ‘विदेशमा राज्यको विद्यालय पढेकाले गर्व गर्छन्, नेपालमा नीजिमा ।’

सम्बन्धित् समाचार  माओवादीका त्रिलोचन भट्ट भोलि ७ नं प्रदेशको मुख्यमन्त्री बन्ने

उनले केहिले राजनीतिक संक्रमणकालको फाइदा लिएको आरोप लगाए । भट्टराईले नीजि क्षेत्रको पछि दौडिएको समाजलाई अब सार्वजनिक संस्थाको पछि दौडिने बनाउनुपर्ने जिकिर गरे । उनले भने, ‘हामीले नीजिलाई बन्द गर्दैनौं तर आफै बन्द हुन्छन् ।’ अहिले निर्वाचनमा दललाई चन्दा दिएको भरमा रड, गिट्टी, बालुवामा मुल्य बढेकोमा आपत्ति जनाए । ‘चन्दा दिएको भरमा मूल्य बढाउने दलालका दिन गए, अर्को पटकदेखि चन्दा नदिएपनि दलाली बन्द गर्छौं,’ भट्टराईले भने ।

कार्यक्रममा पूर्व शिक्षा मन्त्री डिआर पौडेलले पहिले आफू शिक्षामन्त्री हुँदा तयार भएको शिक्षा नियमावली जारी भएको भए शिक्षामा अन्यौलता नआउने दाबी गरे । शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरिप्रसाद लम्सालले शिक्षकको ब्यवस्थापनका लागि प्रदेश स्तरमा शिक्षा मन्त्रालयको युनिट बनाउनुपर्ने बताए । माध्यमिक शिक्षालाई संबिधानमै निःशल्क भनेकाले अब कक्षा ११ र १२ का लागि २० हजार शिक्षकको दरबन्दी आवश्यक रहेको बताए ।

हिस्टानका अध्यक्ष दीपक सुबेदीले कक्षा ११ र १२ सञ्चालन भएका ३ हजार सामुदायिक विद्यालयलाई दुई हजार दरबन्दी र ४ हजार अनुदान कोटामात्रै दिएको र यो तहका शिक्षकको व्यस्थापनमा सरकार गम्भिर नभएको बताए । कक्षा ११ र १२ मा लामो समय संक्रमण रहेको र छिटो समाधान हुनुपर्ने बताए । हिस्टानका महासचिव पुष्प न्यौपानेले लामो समयदेखि काम गरेका शिक्षकको सहि व्यवस्थापन गर्न सरकारसँग आग्रह गरे ।

सम्बन्धित् समाचार  एमालेले माअाेवादीसंगकाे एकतामा स्याक्रिफाइस गर्नुपर्छ : योगेश भट्टराई

 

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: