शनिबार जाउलाखेलमा एनसेल मेला

काठमाडौं, पुस २८ । एनसेल प्रालिले ग्राहकसँग खुसीयाली साटासाट गर्नका लागि ललितपुरको जाउलाखेल फुटबल मैदानमा एनसेल मेला २०७४ को आयोजना गरेको छ ।

मेला विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि राखिएको प्रालिले जनाएको छ । गीत संगीतलगायत सबै उमेर समुहका दर्शक तथा आगन्तुकहरुका लागि विविध रोचक कार्यक्रम पनि समावेश गरिएको मेला बिहान ११ बजे दखि साँझ ६ बजे सम्मचल्ने छ ।

मेलामा चर्चित कलाकार शिव परियार, इन्दिरा जोशी, आषिश राना (लाउरे), चर्चित सांगीतिक समुहहरु कबवेभ र द एजलेका प्रस्तुती रहने छन् ।

विभिन्न गेम स्टल, किडस् जोन, फोरजीजोन र फुड स्टलहरु पनि मेलाका आकर्षण रहेन छन् । सानाबालबालिकाको गायन प्रतिभा उजागर गर्न मेलामा ‘जुनियर सिङ्गिङ आइडल’ को आयोजना पनि गरिने छ ।

आगन्तुकहरुलाई मनोरञ्जन प्रदानगर्नका लागि मेलामा फोरजीथिममाआधारित पेपर प्लेन थ्रो, मिनीगल्फ, फ्रगजम्प र कार रेस जस्ता गेम्स्, फेसबुक ट्यागिङ कन्टेस्ट, ब्लाइण्ड मेकअप, युनिकर्न रिङ् टस जस्ता गेमहरु पनि रहनेछन् ।

प्रवेश निःशुल्क हुने यस मेलामा रोडिज्का विजेता समन श्रेष्ठ र उपविजेता अनिमेश शाहीको सहभागीता रहने छ । थुप्रै गेम स्टलहरुमा दर्शकले मनोरञ्जनका साथै विभिन्न पुरस्कारहरु पाउन सक्नेछन् ।

यस अघि एनसेलले पोखरामा पुष ८ गते र विराटनगरमा पुष १५ गते एनसेल मेला २०७४ को आयोजना गरेको थियो । पोखराबाट शुरु भएको यो एनसेल मेला २०७४ शनिबार ललितपुरको जावलाखेल मैदानमा सकिने आयोजकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्