सुमन र ज्योतिको मायामा को भयो ‘तगारो’, भिडियोसहित

काठमाडौं, पुस २८ । नेपाली लोक दोहोरी क्षेत्रमा लोकप्रीय गायक सुमन विसी र ज्योति गोरखालीको सुमधुर आवाजमा लोकदोहीरी एल्बम “ तगारो ” बजारमा आएको छ ।

माया र प्रेमका बीचमा भएको विछोडलाई मार्मिक रुपमा टोम विसीले शब्द चित्र मार्फत समेटेका छन । मायामा पागल भएका मान्छेका भावहरुलाई गितमा चोटिलो रुपमा पस्कने प्रयास गरिएको छ ।

उक्त गीतमा गणेश अधिकारीको शब्द संयोजनमा रहेको छ । आफुलाई छोडेर जाने प्रेमीलाई गायिकाले केही नभन्ने बाचा गरेकी छन् । म्युजिक भिडियोमा सागर गौतमको छायाँकन, रमित ओलीको सम्पादन, विष्णु कुँवरको निर्देशन रहेको छ । मायालु जोडीको अभिनय विष्णु र माया तामाङ रहेको छ ।

कमेन्ट गर्नुहोस्